ताजा समाचार

भाद्र ४ गते २०७६

बार्नेट शहरका उपमेयर गुरुङको स्वागत

भूतपूर्व खेलाडी मञ्च नेपालले बेलायतस्थित बोरो अफ बार्नेट शहरका उपमेयर लक्ष्यबहादुर गुरुङलाई स्वागत गरेको छ ।

कास्की ताङतिङ पुख्र्यौली घर भएका उपमेयर गुरुङ भ्रमणको शिलसिलामा पोखरा आएको बेला मञ्चले स्वागत गरेको हो ।

उक्त अवसरमा उपमेयर गुरुङले पोखरा र लण्डनस्थित आफ्नो बार्नेट शहरका विच भगिनी सम्बन्ध विकासका लागि आफ्नो तर्फबाट पहल गर्ने बताए ।

उनले भने, ‘मैले भगिनी सम्बन्ध बढाउन आफ्नो तर्फबाट केही पहल थालेको थिएँ । केही कारणले रोकिएको छ । त्यसलाई निरन्तरता दिनेछु ।’

आफूलाई मञ्चले यसरी स्वागत गरेकोप्रति आभार प्रकट गर्दै उपमेयर गुरुङले खेलकुद नै सबैको साझा मञ्च भएकोले भूतपूर्व खेलाडी मञ्चले पोखराको खेलकुद विकासमा पुर्र्याएको योगदानको पनि चर्चा गरे ।

मञ्चका अध्यक्ष तेज गुरुङ, संस्थापक अध्यक्ष खड्ग रानाभाट लगायत मञ्चका पदाधिकारी तथा सदस्यले उपमेयर गुरुङलाई स्वागत गरेका थिए ।


Loading...