ताजा समाचार

भाद्र १ गते २०७६

विवाह समारोहमा आत्मघाती बम बिस्फोट, कम्तीमा ६१ जनाको मृत्यु, १७१ घाइते (अपडेट)

अफगानिस्तानको राजधानी काबुलमा शनिबार अबेर राति एक वैवाहिक समारोहमा आत्मघाती बम विष्फोटमा कम्तीमा ६१ जनाको ज्यान गएको छ । 

विवाह चलिरहेको एक हलमा बिष्फोट हुँदा ६१ जनाको प्राण जाँदा १७१ जना घाइते भएका छन् । थुप्रैलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइएको बीबीसीले जनाएको छ । 

मृतकको संख्या थप बढ्न सक्ने अस्पताल स्रोतले बताएको छ । प्रत्यक्षदर्शीले घटनास्थलमा थुप्रै शव देखेको बताएका थिए । 

उक्त इलाका अल्पसंख्यक शिया हजारा मुसलमानको बाहुल्य रहेको छ । 

उक्त घटनाको जिम्मा कसैले लिएको छैन । 

काबुलमा भएको यो महिनाको दोस्रो घटना हो । अगष्ट ८ तारिखमा काबुलमा रहेको प्रहरी चौकीको बाहिरी क्षेत्रमा बिस्फोट हुँदा कम्तिमा १४ जनाको ज्यान गएको थियो ।

अमेरिका र तालिबानबीच चलिरहेको वार्ताका बीच विष्फोट भएको हो । अमेरिकालाई दवाव दिन पनि विष्फोट गराइएको हुन सक्ने अनुमान गरिएको छ । 

अफगानिस्तानमा २८ सेप्टेम्बरमा चुनाव हुँदैछ । 


Loading...