ताजा समाचार

श्रावण ३२ गते २०७६

अभिनेत्री शुभद्रा अधिकारीको निधन

अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । ७३ वर्षिय अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भएको हो । उनी केही वर्ष यता दम रोगबाट पीडित थिइन् । 

‘कची मचा’ नामक नाटकबाट अभिनय सुरु गरेकी उनले ‘भक्त प्रह्लाद’, ‘बुहार्तन’, ‘नालापानी’ लगायत धेरै नाटकहरुमा अभिनय गरेकी थिइन् । 

‘मनको बाँध’बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अधिकारीले ‘कन्यादान’, ‘भाउजु’, ‘स्वर्ग’, ‘चिनो’, ‘कर्जा’, ‘मंगलसुत्र’, ‘आमा’, ‘आमाको माया’, ‘बाटो मुनीको फूल’, ‘बेहुली’, ‘मुना मदन’, ‘मसान’ लगायत दर्जनौं चलचित्रमा अभिनय गरेकी छन् । 

अधिकारीको आजै पशुपति स्थित बिद्युतीय शवदाह गृह अन्त्यष्टि गरिएको छ । स्व. अधिकारीको एक छोरा र एक छोरी छन् ।  


Loading...