ताजा समाचार

श्रावण ३० गते २०७६

यस्तो छ रक्षावन्धनको ६ हजार बर्षे इतिहास

बिहीबार विश्वभरका हिन्दू धर्मालम्बीहरुले रक्षा बन्धन, जनै पूर्णिमा, श्रावणी, राखी पर्व जस्ता विविध नामले चिनिने पर्व मनाएका छन् । ब्राह्मण क्षेत्री,र बैश्यले लगाउने जनै पहिरिने र दिदी बहिनीले दाजुभाइलाई डोरा एवं राखी बाँधेर दीर्घायूको कामना गर्ने पर्व हो यो 

एउटी दिदीले एउटा कच्चा दागोले बनेको डोरो भाइको हातमा लगाईदिएपछि त्यो भाइले दिदीको रक्षाको लागि जस्तो सुकै बलिदानी पनि दिन्छ भन्ने धार्मिक मान्यता रहेको छ । 

यो पर्वमा विशेषगरी दुई विषयहरु रहेका छन् । पहिलो तागाधारीहरुले लगाउने जनैलाई विधि पूर्वक प्राण प्रतिष्ठा गरेर धारण गर्ने पर्व हो भने अर्को तर्फ दिदी बहिनी र दाजु भाइहरुको सम्बन्धको बारेमा समेत यो पर्वलाई जोड्ने गरिएको छ । 

के छ यसको इतिहास ?
श्रावण शुक्ल पूर्णिमाको दिन मनाईने जनै पूर्णिमा त पूर्व प्राचीनकालदेखि नै चल्दै आएको हो । जतिबेलादेखि ऋषिहरुले तपस्या गरेर ज्ञान आर्जन गर्ने समय थियो । त्यहि समयदेखि नै यसको सुरुवात भएको मान्यता छ ।

यसको स्पष्ट समय भो तोकिएको छैन । अर्काे तर्फ यसमा दिदी बहिनीले धागो बाँध्ने चलन भने सिन्धु घाँटीको सभ्यताको समयदेखि नै चल्दै आएको थियो । वास्तवमा रक्षा बन्धनको परम्परा ती महिलाले सुरुवात गरेकी थिईन् । जसको आफ्नो साख्य जादु भाइ थिएनन् । तिनै महिलाले आफ्नो संरक्षणको लागि नै यो पर्वको सुरुवाता गरेको भन्ने शास्त्रीय मान्यता रहेको छ । 

इतिहासको पानामा खोज्ने हो भने यसको सुरुवात ६ हजार बर्ष भन्दा पहिलेदेखि सुरु भएको हो। यसकोलागि केही प्रमाणहरु पनि भेटिएको छ । रक्षाबन्धनको शुरुआतको साक्षी रानी कर्णावती र सम्राट हुमायूँ का थिए।

मध्यकालीन युगमा राजपूत र मुस्लिमहरुकोबीचमा संघर्ष चलेको थियो । त्यतिबेला चित्तौडका राजाकी विधवा रानी कर्णावतीले गुजरातका सुल्तान बहादुर शाहसँग आफ्नो प्रजाको सुरक्षाको कुनै बाटो नदेखेर हुमायूंले बहिनीलाई राखी पठाएका थिए । त्यतिबेला हुमायूंले उनको रक्षा गरेर उनलाई बहिनीको दर्जा दिएका थिए । 

सिकन्दर(अलेक्जेण्डर) वा पेरस
सिकन्दरकी पत्नीले आफ्ना पतिका हिन्दू शत्रु पुरूलाई राखी बाँधेर आफ्नो मौखिक रुपमा स्वीकारिएको भाइ बनाएन् । राखी बाँधिसकेपछि भाइसँग सिकन्दरलाई नमार्ने वचन दिन लगाईन् । सोही वचनलाई ध्यान दिँदै सिकन्दरले आफ्ना हिन्दू शत्रुहरुबाट जीवनदान समेत पाएका थिए ।

सिकन्दर व पोरस ने युद्ध से पूर्व रक्षा-सूत्र की अदला-बदली की थी। युद्ध के दौरान पोरस ने जब सिकंदर पर घातक प्रहार हेतु अपना हाथ उठाया तो रक्षा-सूत्र को देखकर उसके हाथ रुक गए और वह बंदी बना लिया गया। सिकंदर ने भी पोरस के रक्षा-सूत्र की लाज रखते हुए और एक योद्धा की तरह व्यवहार करते हुए उसका राज्य वापस लौटा दिया।

निजाम रानी र मोहम्मद
गिन्नौरगढको नियम अनुसार निजाम शाहका नातेदार आलम शाहले उनलाई एक षड्यन्त्रपूर्वक बीष पिलाएर मारेका थिए । निजाम रानी कमलापति गोन्डले आफ्ना पतिको मृत्युको बदला लिनको लागि सरदार मित्र मोहम्मद खानलाई राखी पठाएर मद्दतको अपिल गरेकी थिइन् । 

मोहम्मद खानले रानीको त्यो अपिलको स्वीकार गरेर उनको राज्यको रक्षा गरेका थिए । रानीले आफ्ना भाइ मोहम्मदप्रति कृतज्ञता जाहेर गर्दै ५० हजारको राशि र २ हजारको जनसंख्यारहेको एक सानो गाउँ नै उपहार दिएकी थिइन् । 

कृष्ण और द्रोपदी
एक उदाहरण कृष्ण र द्रोपदीको पनि मान्ने गरिएको छ । कृष्ण भगवानले राजा शिशुपाललाई मारेका थिए । युद्धको दौरान कृष्णको बायाँ हातको औंलाबाट रगत बगेको थियो । यसलाई देखेर द्रौपदी एकदमै दुखि भइन् ।

उनले आफ्नो साडीको टुक्रा चिरेर कृष्णको औंलामा बाँधिदिइन् । त्यसपछि उनको रगत  बग्न बन्द भयो । त्यहिँदेखि कृष्णले द्रोपदीलाई आफ्नो बहिनी स्वीकार गरेका थिए । वर्षौंपछि जब पाण्डव द्रौपदीलाई जुवामा हार्न बाध्य भए र भरी सभामा उनको चीरहरण भयो । त्यतिबेला कृष्णले द्रौपदीको इज्जत बचाएका थिए । 

यस बाहेक पनि यसदिनको लागि इन्द्राणी एवं इन्द्र, यम र यमुना, श्री गणेश र सन्तोषी माता लगायतको प्रसंग पनि जोड्ने गरिन्छ । रक्षा विधानको समय त्यसैले जहिलै पनि निम्न श्लोक भन्ने गरिन्छ । 

येन बद्धो बली राजा दानवेन्द्रो महाबलस्।
तेन त्वां अभिबद्धनामि रक्षे मा चल मा चल।।

अर्थात् ”जुन रक्षा (काँचो धागो) ले दानवहरुको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षागर्नेछ ।”

यो मन्त्रले भाइको रक्षाको कुरा गरेको छ भने शास्त्रीय मान्यता अनुसार दिदीको रक्षा गर्नको लागि भाइलाई लगाइदिने डोरो पनि हो यो ।