ताजा समाचार

श्रावण २८ गते २०७६

पिरती लाएको वर्ष लिएर आए अञ्जु र राज

गायक संगीतकार राज सागर र गायिका अन्जु श्रेष्ठको नयाँ तिज गीत ‘पिरती लाएको बर्ष’ सार्वजनिक भएको छ । सञ्चारकर्मी तथा गीतकार सुष्मा देवकोटाको शब्द र गायक स्वयंको संगीत रहेको पिरती लाएको बर्ष सोमबार सार्वजनिक भएको हो ।

स्वरमा रहेको तीज गीत ‘पिरती लाएको बर्ष’ राज सागरको संगीतमा सोमबार सार्वजनिक भएको हो । भ्वाईस अफ नेपालको प्रस्तुतीमा गायिका श्रेष्ठकै आधिकारिक युटुव च्यानल मार्फत सार्वजनिक गरिएको तिज गीत पिरती लाएको बर्षमा बर्षमा भर्खरै प्रेममा परेका युवायुवतीले देख्ने बिवाहको सपना र घर माईतीको प्रशंगलाई उठान गरिएको छ ।

बिगत ५ बर्षदेखी लगतार तिज गीत सार्वजनिक गर्दै आएकी गायिका अन्जु शास्त्रिय संगीतको पृष्ठभुमीबाट आएकी हुन् । नेपाली मौलिक पर्व तिजको महत्व र संरक्षणका लागि हरेक बर्ष तिज गीत सार्वजनिक गर्दै आएको बताउने अन्जुका यस अघि गायक संगीतकार राज सागर संगकै सहकार्यमा, ढाकाटोपी, खोजिरहेछु, आँखा बन्द, रातो सारी, बजाएर चुरा रंगीयो तिजले, भेलवेटको चोली लगायतका गीतहरु सार्वजनिक भएका छन् ।