ताजा समाचार

श्रावण २७ गते २०७६

सीतालाई सम्झाउँदै रामले के भने ?

मनुष्य भित्र चार अवस्थाहरु छन् । एक जागृत अवस्था (awakend stage) जसमा हामी संसारका सबै क्रियाकलाप गर्छौ । दोस्रो स्वप्नावस्था (dreaming)  जसमा हामी जब सुत्छौ तब स्वप्न देख्छौ । तेस्रो सुषुप्तवस्था (sound sleeping) कहिले काहि तपाईले देख्नु भएको होला व्यक्ति जब थाकेर सुत्छ र बिहान उठेर भन्छ निकै मिठो निन्द्रा लाग्यो थाहा नै भएन त्यसलाई भनिन्छ सुषुप्तवास्था । अर्थात यस्तो गहिरो निन्द्रा जसमा व्यक्तिलाई थाहा हुदैन उ स्त्री हो कि पुरुष हो, बालक या वृद्ध, धनवान वा निर्धन सबै विर्सन्छ हरेक प्रकारको कल्पना र विचारको अभाव (negation of all ideas) हुन्छ । उ अविचारको अवस्था (idealess stage) लाई प्राप्त गर्छ । उसको मस्तिष्कमा त्यस सुषुष्ति अवस्थामा कुनै पनि विचार कुनै पनि कल्पना रहदैन ।

त्यसो त हाम्रो नाभीबाट जुन प्राण उठ्छ त्यो अपानपछि तलसम्म जादैन र प्राण अपानको सम नहुनाले हामीलाई स्वप्न देखिन्छ र स्वप्नमा पनि शक्ति लाग्छ । तर जब मानिस सुषुप्त अवस्थामा पुग्छ, गहिरो निन्द्रा (deep sleep) लाई प्राप्त गर्छ तब प्राण र अपान सम हुन्छ तब बडो मिठो निन्द्रा लाग्यो भनिन्छ । मानिस वेहोस हुन्छ । सब द्वन्दलाई, सबै विचारहरुबाट निवृत्ति पाउछ र एक यस्तो अवस्थामा पुग्छ जुन शुन्यको अवस्था हो जहाँ कुनै विचार रहदैन ।

त्यस शुन्य अवस्थामा सम्पूर्ण संसारको ज्ञान शुन्य हुन्छ । त्यसै चेतना (consciousness) त्यस शुन्यको अवस्थाको अनुभव गर्छ तर उ स्वयमको अर्थात त्यस चेतनाको त्यस आत्माको अनुभव प्राप्त गर्दैन । गहिरो निन्द्रामा सुतेपछि पनि कसैले भन्दैन कि मैले आफ्नो चेतनालाई देखे । मैले आत्माको ज्ञान प्राप्त गरे अर्थात मैले आफैले आफैलाई जाने कि म को हुँ ।

आनन्द रामायणमा एक प्रसंग आउछ एकपटक जब भगवान राम र माता सीता बस्नुभएको थियो तब माता सीता भगवान रामसँग विन्ती गर्नुहुन्छ,’हे भगवान मैलै आफुसँग लामो समय व्यथित गरे बनवास गए ठुला ठुला दुख झेले तर तपाईले यो आग्रह कहिले गर्नुभएक कि जुन मेरो हितमा छ जसबाट मेरो आत्माको कल्याण होस त्यो मलाई बताउनुहोस । आज तपाईसँग यो विन्ति गर्छु कि मलाई मेरो हितको कुरा बताउनुहोस ।’ भगवान राम माता सीताको विन्ति सुनेर गदगद हुनुभयो र भन्नुभयो,’ म तिमिलाई गुप्त भन्दा गुप्त कुरा बताउछु ।’

उहाँ भन्नुहुन्छ,’सत् चित् आनन्दरुपी सागर भित्र आनन्द इच्छारुपी एक लहर उत्पन्न भयो र त्यसै इच्छारुपी लहरलाई आत्मा भनियो । आकर्षण शक्तिको कारण त्यस लहरको लक्ष्य हुन्छ समुन्द्र भित्र समावेश गर्नु अर्थात हरेक आत्मा परमात्मामा समावेश हुन चाहन्छ र यहि यसको विकास हो । जस प्रकार सुन्तला पहिलो पटक निकै अमिलो लाग्छ र विस्तारै विस्तारै यसको अमिलो मिठासमा परिणत हुन्छ, यही उसको विकास हो । यसै प्रकार जब चेतना स्वंय आफुले आफुलाई जान्दछ तब मानवको अज्ञान ज्ञानमा परिणत हुन्छ र यही मानवको वास्तविक विकास हो । संसार भित्र जति पनि बाधाहरु कष्ट आउनेछ मानवको जीवनमा ती बाधाहरुबाट उसले यो जान्नेछ, सम्झनेछ कि संसार भित्र जुन सुख छ त्यो क्षणिक छ र त्यो क्षणिक सुखबाट शिक्षा उसलाई मिल्नेछ । उ भित्र एक लालासा बन्ने छ कि म अनन्त सुखलाई कसरी प्राप्त गरु ।’

तब अघि भगवान राम सम्झाउनुहुन्छ, ‘ हे जानकी जस प्रकार हामी चार भाइ छौ यसै प्रकार आत्माको चार अवस्थाहरु छन् तुरीया, सुषुप्ति, स्वप्न र जागृत अवस्था ।  यसमा जुन जागृत अवस्था छ त्यो लक्ष्मणको रुप हो । जस भित्र अनुशासन र कर्तव्यको निकै ज्ञान थियो कि चौध बर्षसम्म बिना निन्द्रा खाना उनले सेवा गरे र तुरीयावस्था मेरो रुप हो । यी चार अवस्थाहरुमा जो सबैभन्दा उत्तम अवस्था हो त्यो तुरीयावस्था हो जसलाई प्राप्त गरेपछि जीवन मलाई प्राप्त हुन्छ ।’

तुरियावस्था  के हो ?
यसको लागि सन्त र हाम्रो शास्त्र सम्झाउछन् ध्यानको अवस्थामा जब एक व्यक्ति त्यस चेतना भित्र स्थित हुन्छ अर्थात जब चेतना आफैले आफ्नो चेतनालाई जान्दछ  त्यस अवस्थालाई तुरीयावस्था भनिन्छ । त्यो मानिस आफ्नो चेतना जान्द्छ अर्थात आफ्नो आत्माबाट नै आफ्नो आत्मालाई जान्दछ ।  

जब आत्मा आत्मालाई देख्छ जब चेतना आफ्नो चेतनालाई सम्झन्छ। जब आत्मा आफ्नो आत्माको दृष्टा हुन्छ जब जीव आफ्नो नै सिसाबाट आफुले आफुलाई देख्न थाल्छ अर्थात सीसा सीसा लाई देख्न थाल्छ तब त्यहाँ पनि अनन्तता (infinity) को अनुभव हुन्छ र त्यस अनुभूतिलाई नै शास्त्रहरुमा पूर्ण अनुभुति, आत्मदर्शन, आत्मज्ञान, आध्यात्मज्ञान, आत्माको महाचेतना अवस्था (super consciousness) आदि बताए ।

वैज्ञानिक दृष्टिकोणबाट तपाई यस भौतिक जगतमा हेर्दा त्यसमा जड प्रकृति छ जसलाई अचेतन पदार्थ भनिन्छ (unconsciouns matter) । त्यस पछि हामी रुख विरुवा देख्छौ जस भित्र केहि चेतना हुन्छ जसलाई अर्ध चेतना (sub consciouness) भनिन्छ । त्यसपछि हामी छौ हामी भित्र चेतना छ तर चेतना भएपछि पनि हामी आफुभित्र स्थित चेतनालाई अनुभुति हुदैन जब त्यस चेतनाको नै शक्तिबाट हामी संसारको सबै चीजको अनुभुति गरिरहेका छौ। तर जब मनुष्य आफ्नो चेतनाबाट आफ्‍नो चेतनालाई जान्दछ तब उ महा चेतनाको अवस्थालाई प्राप्त गर्दछ।  र त्यसको अल्पज्ञता, अज्ञानता समाप्त हुन्छ तथा उ सर्वज्ञ हुन्छ, मुक्त हुन्छ ।