ताजा समाचार

श्रावण २६ गते २०७६

ओशो अमृत ध्यान केन्द्रको कपडा बैंक सञ्चालन

ओशो अमृत ध्यान केन्द्र बागलुङले कपडा बैंक सञ्चालनमा ल्याएको छ । कपडा बैंक शुभारम्भकै दिन १ सय जनाले सेवा लिएको बताइन्छ ।

आवश्यक नभएका र अरू कसैलाई आवश्यक रहेका सामानहरूलाई प्रयोगमा ल्याउन कपडा बैंक शुभारम्भ गरिएको केन्द्रले जनाएको छ ।

लट्टाकपडा, जुत्ता, घरायसी सामान तथा भाँडाकुडा, ईलेक्ट्रोनिक्स सामानहरू कपडा बैंकमा रहनेछ ।

केन्द्रले जो कसैको घरमा रहेका तर काममा नआएका पुरानो तर पुनः प्रयोगमा ल्याउन सकिने सामानहरू कपडा बैंकमा राखिने जनाएको छ ।

साथै बैंकमा सामान दिन चाहनेले नफाटेका, नखुईलिएका, नच्यातिएका लत्ताकपडा ल्याइदिन आग्रह गरेको छ ।