ताजा समाचार

श्रावण २४ गते २०७६

शिल्पा र छविलाई पक्राउ गर्ने बाटो खुल्यो

नायिका शिल्पा पोखरेल र निर्माता छबिराज ओझाबीचको घर झगडा प्रहरी चौकीदेखि अदालतसम्म पुग्दा अन्तत उनीहरु आफै समस्यामा परेका छन् । शिल्पाले छबिले आफुलाई घरेलु हिंसा गरेको , मार्न खोजेको भन्दै सुरक्षाका लागि प्रहरी चौकी पुगेकी थिईन् । त्यसपछि छबिसंग बस्नै नसक्ने भन्दै अंशसहित डिभोर्सको निवेदन दिएपछि छबिकी पहिलो श्रीमती हेमा ओझाले बहुबिवाहको मुद्धा दर्ता गरेपछि छबि शिल्पा समस्यामा परेका हुन् ।

हेमाले उजुरी दिएपछि फरार जस्तै रहेका उनीहरु अन्तत प्रक्राउ पर्ने निश्चित भएको छ । हेमाको उजुरीपछि काठमाडौँ जिल्ला अदालतले उनीहरुबिरुद्ध प्रक्राउ पूर्जी नै जारी गरेको थियो । यति लामो समय सम्पर्कबिहिन रहेकी शिल्पाले प्रक्राउ पूर्जी बिरुद्ध उच्च अदालत पाटनमा प्रक्राउ रोक्न अन्तिरम आदेश माग्दै रिट निवेदन दिएकी थिईन् ।

उनको रिटमाथि सुनुवाई गर्दै अदालतले प्रक्राउ रोक्न अन्तरिम आदेश दिन नपर्ने निर्णय गरेको हो । शुक्रबार न्यायाधिशद्धय रमेश प्रसाद राजभण्डारी र सरला कुमारी पाण्डेको संयुक्त इजलासले शिल्पाको पक्षमा आदेश जारी गर्न अस्वीकार गरेको हो । उच्च अदालतको यस्तो निर्णयपछि अब छबि र शिल्पा प्रक्राउ पर्ने निश्चित भएको छ ।