ताजा समाचार

श्रावण २३ गते २०७६

अफगानिस्तानमा शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । आज बिहान करिब ६.१५ तिर ५.८ रेक्टर स्केलको भूकम्प गएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

भुकम्प आफगानिस्तानको हिन्दुकुश क्षेत्रमा गएको र काबुलबाट २४३ किलोमिटर रहेको बताईएको छ । भूकम्पको धक्का अफगानिस्तानसंगै पाकिस्तान , भारत , उजबेकस्थान लगायतका देशहरुमा पनि महसुस गरिएको बताईएको छ ।