ताजा समाचार

श्रावण २३ गते २०७६

केटी फकाउन प्रयोग गरिने एउटा यस्ता बाजा !

बाजाहरूको ऐतिहासिक, धार्मिक, जातीय लगायत सबैको आआफ्नै महत्व छन् । बाजाहरूमध्ये कतिपय बाजा युद्धमा प्रयोग भएका, प्रयोग हुने छन् त कति धार्मिक पूजापाठको महत्व बोकेका छन् । केही बाजा यस्ता पनि जुन बाजा केटाले केटी फकाउन वा युवायुवतीले मायाप्रेम गास्न समेत प्रयोगमा आएका छन् ।

यी बाजामध्ये १० बाजाको छोटकरीमा जानकारी
सारंगी : सारंगी नेपाली बाजा मध्येमा धेरै पुरानो मानिन्छ । यो गाइने जातिको बाजा हो । घरको खट्टे प्वालमा गुँड लगाएर बस्ने सारंग भन्ने चरा छ ।

त्यो २ चराले एकअर्काेसँग कम्युनिकेसन गर्दा उनीहरूले मधुरो मैनाको जस्तो जुन आवाज निकाल्छन्, त्यही स्वरबाट हाम्रो पुर्खा अभिप्रेरित भएर सारंगी बनेको हो ।

गोखरकाली ढोल : यो तामाको एकदमै ठूलो बाजा हो । त्यसको मुख पातलो छालाले मोरिएको हुन्छ । त्यो बजाउन २ वटा गजा तयार पारिएको हुन्छ । त्यो ढोलको १ मुखमा १ गजोले हानेर संगीत निकाल्ने गरिन्छ ।

यो ऐतिहासिक बाजा हो । सुगौली सन्धिपछि हामीले खासै लडाइँ गर्नुपरेको छैन । सेनाले यो बाजा बिर्सियो । अनि बाजा नासिँदै गयो ।

नगरा : नगरा तामाबाट बनेको हुन्छ । त्यसमा गोरुको छालाले मोरिएको हुन्छ । यो बजाउँदा २ वटा गजले बजाइन्छ । त्यसका लागि सती वा सालको गज चाहिन्छ । नगरा राजकीय सूचना दिने साधन पनि हो । सानो नगराले युद्धको साइत दिने गर्छ ।

नेपाली सेनाको आआफ्नो पल्टनमा सानो नगरा हुन्छ । त्यो जहाँपायो त्यहीँ बजाउन मिल्दैन । पहिले युद्ध बिहान सुरु भएर साँझ सकिन्थ्यो । लडाइँको साइत दिने र लडाइँ समाप्त भएको घोषणा गर्दा यो बजाउने गरिन्छ ।

तरुंगा : यो पनि नेपाली सेनाको बाजा हो । यो तामाको काम गर्ने कालीगढ वा विश्वकर्माले बनाउने गर्छन् । तीन ठाउँमा घुमेको यो चर्काे स्वरले बजाउने बाजा पनि हो । युद्धको समय पल्टनहरू आउँदा, जाँदा चर्काे स्वरले बजाउने गरिथ्यो ।

नागफणी : यो जोगीहरूको बाजा हो । नाथ सम्प्रदायको बाजा पनि भनिन्छ । यो बाजा सर्पले मुख बाएको आकारको हुन्छ । विशेष गरेर मनकामनाको मन्दिरमा बजाइने बाजा हो । मनकामना काठमाडौँका बज्राचार्य र गोर्खालीको मिलन बिन्दु हो ।

हुड्को : यो दमाई जातिको बाजा हो । यो डमरु जस्तो आकारको यो बाजा काँधमा भिरेर बजाउने गरिन्छ । यसमा घन्टी पनि झुन्ड्याइएको हुन्छ । यो बाजाको पट्टी मात्र बजाउने हुन्छ । यसमा साथ दिने ढोलहरू पनि हुन्छन् ।

मुर्चुंगा : यो विश्वकर्माहरूको बाजा हो । यो बाजा धेरै प्राचीन बाजा पनि हो । जुनबेला हाम्रो पुर्खाले फलामको फाली बनाए, करुवा बनाए । औजारहरू बनाए । यो समय यो बाजा पनि बनेको हो । यो बाजा ठाडो पारेर राख्दा त्रिशुल जस्तो देखिन्छ । अर्काे हिसाबले राख्ने हो भने शिवलिंग जस्तो देखिन्छ । उल्ट्याएर हेर्ने हो भने ओम अक्षर जस्तो देखिन्छ ।

असिने ड्याग्रो : तान्त्रिकले ढ्यांग्र्रो बजाएर तान्त्रिक विधिबाट बालीमा पर्ने असिना खोलामा र डाढामा पार्ने गर्थे । उनीहरूले मानिसको मकै, गहुबाली नस्ट नहोस् भनेर त्यसो गर्थे । वर्षको दुई पटक उनीहरू डाँडामा गएर एक महिना ढ्यांग्रो बजाएर बस्थे ।

पञ्चमुख वाद्य : ५ मुखमध्ये बीचको मुख ठूलो छ । चारैतिर सानो सानो हुन्छ । अहिले यो बाजा लोप भएको छ । पहिले पहिले यो बाजा काठको हुन्थ्यो । अहिले हामीले तामाको बनाएका राखेका छौँ । यसमा बाख्राको छाला मोरिन्छ ।

फातुंग : यो लिम्बुहरूको बाजा हो । फा भनेको बाँस हो । बाँसबाट बनेको भएकाले यसलाई फतुङ भनिएको होला । यसको एकातिरको मुखमा आँख्लो हुन्छ । अर्काेतिर खाली हुन्छ । त्यसको बीचमा चोया हुन्छ । चोयामा सानो र ठूलो गरेर २ प्रकारको राखिएको हुन्छ । २ वटा चोयालाई जोड्ने एउटा जिब्री हुन्छ । त्यो जिब्री चलाएपछि टुङ्टुङ गरेर आवाज निस्किन्छ । बाजाको काथी रहेको खुला मुख हातले छेक्यो भने फा सुनिन्छ । छोड्यो भने तुंग सुनिन्छ । त्यसैले यसलाई फातुङ भनिएको हो । (नोट : यो जानकारीका शब्दहरू रातोपाटीबाट लिइएको हो ।)


Loading...