ताजा समाचार

श्रावण २२ गते २०७६

सुष्मा स्वराजको प्रेम कहानी यस्तो रोचक…

निजी जिन्दगीको कुरा गर्दा सुष्माले प्रेम कहानी रोचक छ । उनको पहिले प्रेम भयो, अनि पछि बिहे । उनको बिहे स्वराज कौशलसँग भएको थियो ।

स्वराज कौशल भारतका चर्चित वकिल हुन् । चण्डीगढमा पढ्ने क्रममा सुष्मा र कौशलबीच मित्रता भयो । दुवैले आफूहरु मिल्ने साथीमात्र भएको बताउँथे ।

वकालतको पढाइ पूरा गरेपछि दुवै दिल्लीमा प्राक्टिस गर्न गए । त्यहाँ दुवैको मित्रता प्रेममा बदलियो । त्यसपछि सुष्माले यो कुराको जानकारी आफ्नो अभिभावकलाई दिइन् ।

सुष्माका पिता हरदेव शर्मा प्रेमको कुरा सुनेर रिसाए । यद्यपि उनले छोरीको कुरा टार्न सकेनन् । उनी छोरीको प्रेम विवाहको लागि तयार भए ।