ताजा समाचार

श्रावण १८ गते २०७६

अमेरिकी राष्ट्रपतिमा मिचेल ओबामाको सम्भावना कति ?

अमेरिकाकी पूर्व प्रथम महिला मिचेल ओबामाले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने संभावना शुन्य रहेको स्पष्ट पारेकी छिन् । 

उनले उम्मेदवारी दिने चर्चा चलिरहेका बेला आफू त्यस प्रतिश्पर्धामा नरहेको शुक्रबार स्पष्ट पारेकी हुन ।

मिचेलले देशको सेवा गर्नका लागि अन्य धेरै बाटोहरु रहेकाले राष्ट्रपति नै बन्नु पर्ने चाहना नभएको बताइन् ।

“त्यस विषयमा मेरो शुन्य संभावना रहेको छ,” उनले राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने बारेमा सोधिएको प्रश्नमा भनिन् ।  उनले आफु युवाहरुसँग काम गर्न चाहेको र स्वस्थ जीवनका लागि धेरै परिवारलाई सहयोग गर्न चाहेको समेत बताइन् । 

आफूलाई राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिन पटक पटक आग्रह भइरहेको उनले जानकारी दिइन् ।

हालै मात्र अमेरिकी चलचित्र निर्माता मिचेल मुरले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विस्थापित गर्न मिचेल ओबामाले मात्रै सक्ने बताउनु भएका थिए । 

उनको टिप्पणीसँगै राष्ट्रपतिका लागि मिचेल ओबामाको उम्मेदवारीको चर्चा चुलिएको हो ।- एजेन्सी