ताजा समाचार

श्रावण १६ गते २०७६

तीजलाई हरिदेवीको तीते करेली(भिडियोसहित)

बेसीबाट फर्किदा जून लाग्छन् बाटैमा
कुटानीपिसानी मध्य रातैमा

यस्तै यस्तै पीडा र वाध्यतालाई तीज गीतको लय दिइएको गीत बजारमा आएको छ । अग्रज गायिका प्राज्ञ हरिदेवी कोइरालाले यसपालिको तीजमा तीते करेली बोलको गीत बजारमा ल्याएकी हुन् ।

म्युजिक नेपालले आफ्नो आधिकारिक युट्युब च्यानलबाट यो गीतको भिडियो सार्वजनिक गरेको छ । गीतमा लय, शब्द, स्वर हरिदेवी कोइरालाको छ । सञ्जयले एरेन्ज गरेको गीतमा मोडेल पूजा जोशी छिन् । भिडियो निर्देशन शेरबहादुर डिसीले गरेका छन् भने नृत्य भागी गाहा मगरको छ ।