ताजा समाचार

श्रावण १५ गते २०७६

शान्तिश्रीले ल्याइन् मार्मिक तीज गीत (भिडियोसहित)

गायिका शान्तिश्री परियारको आवाजमा सन्देशमुलक तीजी गीत ‘नाचौँ कि ननाचौँ चनमती’ सार्वजनिक भएसँगै अत्यधिक मन पराइएकाे छ।

शसक्त शब्द तथा आवाजमा सजिएको यो गीतका शब्द नेत्र अर्यालका हुन् भने लय खेम सेन्चुरीको हो। गीतमा शान्तिश्रीलाई ज्ञानु परियार र खेम सेन्चुरीले साथ दिएका छन्।

चर्चित मोडल अञ्जली अधिकारी तथा गायिका परियारको अभिनय रहेको यो गीत सार्वजनिक भएकाे पाँच दिनमै युट्युवमा चार लाख ६५ हजार भन्दा बढीले हेरिसकेका छन्।