ताजा समाचार

श्रावण १४ गते २०७६

नयाँ तीज गीत ‘काँकरी’ लिएर आए चोलेन्द्र पौडेल

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय उपमहासचिव पोखरेली गायक तथा सर्जक चोलेन्द्र पौडेलको नयाँ तीज गीत सार्वजनिक भएको छ ।

उनै पौडेलको नयाँ तीज गीत ‘काँकरी’ सार्वजनिक भएको हो । गीतमा लोकप्रिय सर्जक शिब अखेलीले शब्द रहेको छ । जसमा चोलेन्द्र पौडेल स्वयंमको संंगीत रहेको छ ।

गीतको संगीत संयोजन भने गायक बिनोद बाजुरालीको रहेको छ । ‘काँकरी’ गीतमा चोलेन्द्र पौडेल र तुल्सी क्षेत्रीको सुमधुर स्वर रहेको छ । 

‘काँकरी’को म्यूजिक भिडियोतर्फ युवराज भण्डारीको निर्देशनमा भिडियो निर्माण भएको छ ।

जसमा मुन्द्रे कमेडी हाँस्यकलाकार राजेन्द्र नेपाली ‘लट्टे’, निर्देशक युवराज भण्डारी, सबिना क्षेत्री, बिराज र बिक्रम थापामगरले अभिनय तथा नृत्य रहेको छ ।

भिडियोमा होम बहादुर गुरुङले कोरियोग्राफी गरेका छन् । ‘काँकरी’को म्यूजिक भिडियोलाई गणेश सापकोटाले छायांकन गरेका हुन् भने सुवास अम्गाईले सम्पादन गरेका हुन् । 

गीतलाई गायक तथा सर्जक चोलेन्द्र पौडेलको युट्युव च्यानलबाट सार्वजानिक गरिएको छ ।

गायक चोलेन्द्र पौडेलले दर्शक तथा स्रोताले यसअघिका सबै गीत मन पराएको भन्दै यस गीत पनि मन पराउने विश्वास व्यक्त गरे ।

गीत संस्कार र संस्कृति जोगाउने खालको व्यंग्यात्मक रहेको उनले बताए ।