नेपाली कथानक चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को प्रदर्शन मिति सरेको छ । भदौ १३ गते प्रदर्शन हुने भनिएको चलचित्र असोज ३ गते आउने भएको हो ।
“वितरकले असोज ३ गते रिलिज गर्न आग्रह गर्नुभयो,” चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’का निर्देशक रामबाबु गुरुङले भने, “हामीलाई पनि पब्लिसिटीका लागि समय हुने भएकाले असोज ३ मा आउने सहमति भयो ।”
चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ अहिले फाइनल एडिटको चरणमा छ ।
दयाहाङ राई र उपासनासिंह ठकुरी मुख्य भूमिकामा रहेको चलचित्रको कथा रामबाबु र उपेन्द्र सुब्बाले लेखेका हुन् ।




