छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी


चलचित्र निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बहुविवाहसम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले उनीहरुलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

छविले पत्नी हेमा ओझाले जाहेरी दिएपछि उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । छवि र शिल्पाबीच पारपाचुके मुद्दा चलिरहदा हेमाको उजुरीपछि यो विषयमा नयाँ मोड आएको छ ।