लघु कथा : प्रेम केका लागि ?

एक्कासि कृष्णले आइ लभ यु भने पछि रमा अलमलमा परी। हुन त उ पनि कृष्णलाई औधी मन पराउथी। तर यौन आकर्षणले होइन। बाल्यकाल देखिको साथी। नाङ्गैभुतुङै धुलोमैलो खेल्दादेखिको साथी भएक्कोले। आफन्त जस्तै लाग्थियो कृष्ण, उसलाई । कृष्णको आफुसगको यौन आकर्षण देखेर उ अलमल्ल परी।

समय सन्दर्भसगै दुबै आ आफ्ना दिनचर्यामा लागिरहे। कृष्ण बेला बेला रमालाइ कल गरिरहन्थियो। रमा सामान्य उत्तर फर्काउथी। कृष्ण बिबाहको लागि प्रस्तब नै राख्न थाल्यो। के गर्नु गर्नु, बिबाह त गर्नै पर्छ कोहि न कोहिसग । कृष्णसग गर्दा नि हुने त हो,तर यति नजिक घर र माइती खासै राम्रो हुन्नहोला । साना कुराहरु पनि घर माइत भैरहन्छन ।

फेरि कृष्ण र म एउटा परिवारका सदस्य जस्ता भएर बसेका ।दाजु बहिनी जसरी अनि कसरी बिबाह गर्नु उसग । यस्ता धेरै कुरा सम्झी रमाले। बारम्बार कृष्णले बिबाहकोलागि कर गरेपछि ,आखिर केहि चलेन। कृष्णलाई घरमा बुवाआमासग प्रस्ताव राख्न भनी। नभन्दै कुरा पनि मिल्यो। धुमधामसग बिबाह भयो।

सात दिन पोखरामा बसेर हनिमुन मनाएर घर फर्किए।दिनहरु बित्दै गए।एक बर्षपछि उनिहरुको छोरो जन्मियो।सम्बन्ध प्रगाढ नै थियो।कृष्ण घरका काममा पनि रमालाइ सघाउथियो।घर परिवारमा पनि उनिहरु दुबैको राम्रो सम्बन्ध थियो। सबै काम सकेर कोठामा गएपछि उनिहरु छोरोको भबिस्यको योजना बनाउथे दिनहुजसो । छोरो ठुलो भयो।३ बर्षको भए पछि अरुले झै बोर्डिङ हाल्न सुरु गरे।बिहान कृष्णले छोरो पुर्याउथ्यो। दिउँसो रमाले टिफिन पुर्याउथी र बेलुका लिन जान्थी।

एकदिन दिउँसो चकमन्न गाउँमा एक्कासी ठुलो आवाज आयो। हन के भएछ भनेर रमाकी छिमेकी साथी दौडेर रमाको घर पुगी। बीभत्स दृश्य। कुकर पड्केर रमाको अनुहारमा सबै जाउलो भात खनिएको अबस्थामा भेटि। छोरालाई टिफिन लान जाउलो पकाएकी थिई उसले जाउली भात।आखिर उसको झन्डै ज्यान गएको थियो। हतार हतार हस्पिटल पुर्याएर कृष्णलाई फोन गरि छिमेकि साथिले। कृष्ण पनि हतार हतार हस्पिटल पुग्यो। हस्पिटल पुगेपछि ठुलो रुवाबासी चल्यो।

एक महिनासम्म हस्पिटल रखेर रमालाइ निको पारेर घर लग्यो कृष्णले।केहि महिनासम्म त उनिहरुको सम्बन्ध सामान्य रहयो। तर बिस्तारै सम्बन्ध चिसिन थाल्यो। रमामाको अनुहार सबै बिगृएको थियो। पहिलेको सुन्दर अनुहार हेर्नै नहुने कुच्चिएको हलुङेको भाडाे जस्तो भएको थियो त्यसैले कृष्ण रमासग हिड्न पनि छोड्यो। अफिसबाट आउदा सुरुमै रमालाई भेट्ने कृष्णको बानी हट्यो। उ सरासर कोठामै गएर फेसबुकमा हराउन थाल्यो।

अझ अब त रमासग बोल्न पनि छोड्यो। रमाले जे बोले पनि उल्टो अर्थ लगाएर गालिमात्र गर्न थाल्यो कृष्ण । झर्किन थाल्यो। कृष्णकै तिर लागेर उसका आमा र बहिनी पनि रमालाइ देख्नै सक्न छोडे। केहि समय त सहेर बसी रमा। अब नसक्ने भई । झुन्डिर मर्ने बिचार गरी,तर आँट आएन। बरु माइत बसेर कुनै संस्था चलाउने दृढ अठोट गरी र माइततिर लागी।

माइतमा बसेर स्वतन्त्र सोच्न र कार्यक्रमको योजना बनाउदै पहिलेका सबै कुरा बिर्सने प्रयासमा लागी। हुन त पहिले पनि उसलाई बिबाह गर्ने कुनै दृढ इच्छा त थिएन।तथापी सामाजिक प्रक्रियामा आएकी मात्र थिई उ। उसले माइती गाउमा चेली माइती नामको संस्था दर्ता गराइ। अब उ गाउका अन्यायमा परेका दाजुभाइ तथा दिदीबहिनीहरुलाइ भेला गर्दै अन्याय,अत्याचार,भ्रस्टाचारको बिरुद्धमा सचेतनामुलक कार्यक्रम चलाउदै आनन्दपुर्वक रमाएर बस्न थाली। उता कृष्णले पनि अर्कि सुन्दर युबतीसँग बाजा बजाएर बिबाह गर्यो ।