निर्माता एवं निर्देशक छविराज ओझाले पत्नी एवं नायिका शिल्पा पोखरेललाई घर फर्किन आग्रह गरेका छन्। आफू घरेलु हिंसामा परेको भन्दै शिल्पाले गत साता छविविरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएकी थिइन्।
केही दिनपछि शिल्पाले अदालतमा मुद्दा दर्ता गर्ने विषयमा वकिलसँग छलफल गरिरहेको चाल पाएपछि छविले फेसबुकमा उनको नाममा एउटा स्टाटस राखेका छन् । उनले लेखेका छन्, ‘यदि तपाईं मेरो बूढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने म पनि गान्धीवादी बनेर बस्न सक्छु।’

छविले शिल्पाका लागि आफ्नो घरको ढोका सधैँ खुला रहेको बताएका छन्। आफूले शिल्पालाई ३ दिनदेखि फोन गरेको बताउँदै उनले लेखेका छन्, ‘म फेरि पनि भन्दैछु, संसारको कुनै पनि अदालतमा जानु पर्दैन। छवि ओझाको अदालतमा सिधै आउनुस्, तपाईंले न्याय पाउनु हुन्छ।’




