नेपाली सिनेमा निर्माता छबवराज ओझा र नायिका शिल्पा पोखरेलबीचको तनाव अहिले चर्चामा छ । उनीहरुको झगडा प्रहरी चौकीसम्म पुग्दा चर्चाको बिषय नै बन्यो ।
शिल्पाले आफुलाई श्रीमानले ३ बर्षदेखि घरेलु हिंसा गरेको , कानको जाली फटुने गरी कुटेको भन्दै शान्ती सुरक्षाको माग गर्दै उजुरी दिएकी थिईन् । उनले छबिले आफुलाई गलत काम नगर्दा पनि शंका गर्ने , पिट्ने , सुन्नै नसक्ने गरी गालीगलौज गर्ने आरोप लगाएकी छिन् । प्रहरीकहाँ उनीहरुबीच सहमति त भयो तर शिल्पा अझै पनि छबिको घरमा पुगेकी छैनन् भने छबिले पनि श्रीमतीलाई घर ल्याउने प्रयास गरेका छैनन् ।
तर उनले शिल्पा आफनो श्रीमती भएको, आए खुला मनले स्वागत गर्ने बताउँदै आएका छन् । छबिले आफुलाई ४ वटी श्रीमती बिवाह गरेको कुरालाई लिएर अनावश्यक टिप्पणी भएको बताएका छन् । उनले शिल्पाको पनि आफनो दोस्रो श्रीमान भएको खुलासा गरे ।
हुन त शिल्पा छबिसंग बिवाह नगर्दै बिवाहित रहेको अझ भनौ डिभोर्सी रहेको गाईगुई चलेकै हो तर त्यसलाई पुष्टी भने कसैले गर्न सकेका थिएनन् । तर उनले उक्त अन्तरवार्तामा शिल्पाको आफु दोस्रो श्रीमान भएको खुलासा गरे ।




