जीवनकै सबैभन्दा ठूलो सम्मान पायौं : प्रकाश सपुत

बोल माया हुँदै चर्चित बनेको जोडी प्रकाश सपुत र शान्ती श्री परियारको जोडीले गलबन्दीसम्म आईपुग्दा तहल्का मच्चाए । मौलिक लोकशैलीमा बनेको दुबै गीतले उनीहरुलाई चर्चाको शिखरमा पु¥यो ।

झनै गलबन्दीले त उनीहरुलाई रातारात थप उचाईमा पु¥यो । तर गलबन्दीलाई लिएर वरिष्ठ गायक शम्भु राईसंग बिवाद भएपछि उनले तनाव झेल्नु प¥यो । बोल माया गीतबाट प्रकाश सपुत र शान्ती श्री परियार छिन्नलता नव प्रतिभा पुरस्कार – २०७५बाट सम्मानित भएका छन् । उनले एक पोस्ट माफर्त यो सम्मान आफनो जीवनकै सबैभन्दा ठुलो भएको बताएका छन् ।
उनको स्टाटस यस्तो छ ः

गत वर्ष रिलिज भएको ” बोल माया “ गित बाट गायिका शान्ती श्रि जी र मैले छिन्नलता नव प्रतिभा पुरस्कार – २०७५ प्राप्त गरेका छौ । जुन मेरा लागि राष्ट्रीय स्तरमा प्राप्त गरेको अहिले सम्मकै ठुलो पुरस्कार हो । पुरस्कार गुठि प्रति कृतज्ञ । बाबाआमालाई पुरस्कार ग्रहण गरेको साक्षी राख्ने मन थियो । आमा खुसीले एक झप्का रुनुहुन्थ्यो होला पनि तर वर्खाको समयमा यात्रा जोखिमपुर्ण हुन्छ भनेर गाउ बाट आउनुस भन्न सकिन । जहा भएपनि बाबाआमा, बिन्दु, प्रविष्टि, भाईहरु सहित घरपरिवार आफन्त इष्टमित्र र गाउको प्रत्यक्ष माया र आशिर्वाद सधै छ ।

अग्रज आदरणिय नारायण रायमाझि सर, गायिका शान्ति जि , मोडल अन्जली अधिकारी जि, एरेन्जर कमल सौराग दाई, मान ब सर ९मार्मिक स्टूडियो० , सह निर्देशक देबेन्द्र बब्लु, क्यामरा करण जि, सम्पादन प्रवीण जि , पोस्टर डिजाईनर पवन जि, आईटि राजेन्द्र सर लगायतको प्राविधिक टिम, व्यवस्थापक विराज दाई, सुनिल कान्छो , कार्यकारी निर्माता भाका नेपाल, सह निर्माता पृथ्वी थकाली दाई, सम्पुर्ण पात्रहरु सहित बोल मायाको टिमलाई यो पुरस्कार प्राप्त गर्नुको जस दिन चाहन्छु ।

सबै भन्दा बढि श्रेय तपाई दर्शक स्रोतालाई जान्छ । बोलमायालाई धेरै भन्दा धेरै माया दिनुभएकोमा धन्यबाद सहित यो खुसी सेयर गर्न चाहन्छु । गर्न धेरै नै बाकि छ । किनकि यात्रा भर्खर शुरुभएको छ । लौ मानम यात्रा कतै रोकिएछ भने पनि जीवनमा सन्तोष मान्ने एउटा गरुङगो पुरस्कार चै भयो । खुसी छु ।