चपली हाईट ३ मा सौगात मल्ल र सृष्टी श्रेष्ठ

नेपाली सिनेमा क्षेत्रका अर्का प्रेमी जोडी जो सार्वजनिकरुपमै आफनो प्रेमलाई स्वीकार गर्दै आईरहेका छन् ती हुन सौगात मल्ल र सृष्टी श्रेष्ठ । एक अर्कासंग प्रेममा बाँधिएपछि सौगात र सृष्टीको फिल्मी चर्चा खासै छैन । कुनै समय हिटमाथि हिट फिल्म दिएका सौगातको त्यस्तै हिट फिल्म आउन सकेका छैनन् भने सृष्टीको गाजलुपछिको अवस्था पनि केही फरक छैन ।

तथापी पछिल्लो समयी दुईलाई एकसाथ लिएर फिल्म बन्ने क्रम बढिरहेको छ । मासु भात , पोई प¥यो काले पछि सौगात र सृष्टीको जोडी चर्चित फिल्मको सिरिजमा जोडिने भएका छन् । फिल्मको नाम हो चपली हाईट । अर्जुन कुमारले निर्माण गर्दै आएको चपली हाईटको तेस्रो सिरिजमा सौगात र सृष्टी अनुबन्धित भएका हुन् । चपलाी हाईट फिल्मको कन्टेन्ट बोल्ड हुने गर्छ ।

जसरी यसअघि पहिलो र दोस्रो सिरिजमा थियो तर यस पटक कलाकारको छनौट हेर्दा त्यस्तै होला त ? भन्ने प्रश्न र कौतुहल्ता उब्जाएको छ । यसको लागि त केही समय कुर्नै पर्छ । फिल्ममा अर्का एक जना पनि नायक हुनेछ । दोस्रो नायकमा भने नव नायक हुने चर्चा छ । फिल्मलाई ‘फाटेको जुत्ता’ फेम्ड निकेश खड्काले निर्देशन गर्नेछन् । फिल्म साउन १५ देखि फ्लोरमा जाँदैछ ।