यो समयमा राख्नुपर्छ पार्टनरसँग सम्बन्ध, राति होइन

कयौ श्रीमान- श्रीमति आफ्नो दम्पत्य जीवनमा सम्बन्धको विषयलाई लिएर चिन्तित हुने गर्छन् । उनिहरु कहिले पनि सम्बन्ध बाट सन्तुष्टिको महसुस नभएको बताउने गर्छन् जसको कारण उनिहरु दुखी भएका छन् ।  

फ्रन्टियर्स इन साइकोलजीद्वारा गरिएको अनुसन्धानका अनुसार महिला र पुरुषहरुको कामोच्छामा फरक फरक समयमा हुने पाइएको छ । दुवैले एकै समय एक साथ कामोच्छा महसूस गर्ने सक्दैनन् । महिलाहरु सबैभन्दा ज्यादा  साँझको समय कामोच्छा महसूस गर्छन् भने पुरुष विहानको समय ज्यादा सक्रिय रहन्छन् । शोधमा समावेश डाटाका अनुसार प्राय दम्पती राति ९ बजेपछि सुत्नु अघि सम्बन्ध राख्ने गरेको पाइएको छ ।

विशेषज्ञहरुका अनुसार सुत्नु पुर्व सम्बन्ध राख्नु उपयुक्त हुदै । दिनको अन्त्यमा सम्बन्ध राख्नु तपाईलाई सजिलो होला तर डाक्टरहरु यसलाई सही मान्दैनन् । डाक्टर माइकल ब्रेूअस भन्छन्, ‘रातको समय सुत्नु भन्दा पहिले धेरै कपल्स सम्बन्ध राख्छन् तर यस समय रामइलो अनुभव हुन सक्दैन । यसको मुख्य कारण दिन भरको कामपछि थकान जसकारण तपाई आनन्द महसुस गर्न सक्नुहुन्न ।’  

डाक्टर माइकलका अनुसार विहानको समय सम्बन्ध राख्नु सबैभन्दा राम्रो हुन्छ । किनकि रातभर राम्रो निद्रापछि तपाई इन्टिमेसीको आनन्द लिन सक्नुहुन्छ । विहान उठेसँगै दुवै पार्टनरमा भरपुर ऊर्जा हुन्छ र विहान को समय हार्मोन पीकमा रहन्छ सो कारण सम्बन्ध राख्नु उपयुक्त हुन्छ ।

डाक्टर माइकलले भने ‘विहानको समय सम्बन्ध राख्नाले दम्पतीले नयापनको महसूस गर्छन् र पुरै ऊर्जाका साथ आफ्नो दिनको शुरुवात गर्छन् ।  तर विहान सेक्स गर्नु सबै मानिसहरुका लागि फाइदा भने छैन । खास गरेर धेरै व्यस्त र धेरै सक्रिय मानिसहरुलाई यसले बेफाइदा गर्छ ।’