हलिउडमा जस्तै बलिउडमा कलाकारहरुका आफनो क्यारेक्टरलाई न्याय गर्न र त्यसमा समानता ल्याउन अनेक प्रयास गर्छन् । उनीहरुले गर्ने गरेको मेहनत अन्य कलाकारहरुका लागि पनि प्रेरणादायी हुने गरेको छ ।
यसबीचमा बलिउडका चर्चित नायक बादशाह अमिताभ बच्चनको एउटा लुक्स यतिबेला निकै भाईरल भईरहेको छ । जुन लुक्समा उनी अभिताभ नै हुन भनेर छुट्टाउन सबैलाई सजिलो नहोला । वास्तवमा उक्त लुक्स गुलाबो सिताबो फिल्मको हो ।
जुन फिल्ममा अमिताभको यसतो स्वरुप देख्न सकिन्छ । लामो र सेतो दाह्री, आखाँमा गोलो चश्मा, गलबन्दी ओडेको तश्विरमा अमिताभ बृद्धको गेटअपमा देखिएका छन् । उनको यस्तो लुक्सले फिल्मप्रति दर्शकहरुको थप कौतुहल्ता बढेको छ ।
फिल्ममा अमिताभसंगै आयुषमान खुराना पनि रहेका छन् । कमेडीधारमा निर्माण हुन लागिरहेको गुलाबो सिताबोलाई सुजित सरकारले निर्देशन गरिरहेका छन् । हाल धमाधम सुटिङ भईरहेको यो फिल्मको कथा जूही चतुर्वेदीले लेखेकी हुन् ।
पहिलो पटक अमिताभ र आयुषमानले एकसाथ काम गर्न लागिरहेका छन् । यघि अमिताभले सुजितसंग पिकु र आयुषमानले विक्की डोनरमा एक साथ काम गरिसकेका छन् । गुलाबो सिताबो फिल्म भने २०२० अप्रिल २४ मा रिलिज हुनेछ ।




