ताजा समाचार

असार ४ गते २०७६

पोखरामा डिजाईनर डाईरी सिजन १ को फाईनल हुदै

ब्लुए रेय्स पोडक्सनको आयोजनामा डिजार्यनर डाईरी सिजन १ को फाईनल असार १४ गते हुदै छ । पोडक्सनले आगामी १४ गते पोखरा स्थित ओजनको भव्य हलमा दिउसो २ बजे फाईनल राउण्ड आयोजना गर्न लागेको हो ।

विभिन्न स्थानमा सम्पन्न पहिलो अडिशनमा सहभागीता जनाएका १५ जना मध्ये फाईनलको लागी १० जना सुस्मीता मगर , इम्तिहज खान , मनिषा गुरुङ , मनु थापा , मानव गुरुङ , खुशी मगर , सम्झना गुरुङ , रेनु तुलाचन , सिमरन तामाङ , तुलसी महत लगाएका डिजार्यनर प्रतिशप्रधीले फाईनलका लागी छानीएका हुन । जसको कोरियोग्राफर सिर्जना क्षेत्रीले गरिकी थिईन् ।

पहिलो राउन्डबाट छानिएका १० जना डिजार्यनर प्रतिशप्रधीले फाईनलका लागी आफुहरुले बनाएको ड्रेस उपलब्ध गराउने छन । फाईनलका लागी सबै १० जना प्रतिशप्रधी डिजार्यनर हरुले पाच वटा ड्रेस कलेक्सन उपलब्ध गराउनु पर्ने कोरियोग्राफर सिजर्ना क्षेत्रीले बताईन ।

प्रतिस्पर्धी फेशन डिजाइनरहरुको ड्रेस डिजाइनमा र्याम्पमा मोडलहरुलाई उतार्न लागिएको छ । उक्त फेशन शो को लागी उत्कृष्ट पुरुष तथा महिला मोडलहरुको छनौटका लागि लोकप्रिय सेलिब्रेटी, फेशन डिजाईनर तथा कोरियोग्राफरहरुको निर्णायक मण्डलको सहभागिता रहनेछ ।

डिजार्यनर डाईरी सिजन १ का बिजेताले उपाधी क्राउन संगै पचास हजार रुपैया नगद बराबरको म्युजिक भिडियो सम्झैता र नेपालको ख्याती प्राप्त म्याग्जीन कभर फोटो शुट गर्न पाउने आयोजकले जनाएको छ । बिजेतालाई चितवन , काठमान्डै , पोखरा, धरान , लगाएतका स्थानमा शोलो रनओए प्याकेज र अन्य आकर्षक उपहारहरु प्राप्त गर्नेछन् भने अन्य दश वटा बिभिन्न सब टाइटलमा पनि पुरस्कृत गरिने ब्लुए रेय्स पोडक्सनको ईभेन्ट म्यानेजर सागर आर्चायले जानकारी दिए ।