ताजा समाचार

असार १ गते २०७६

समीर मिस्टर, सनिशा मिस एसईई

यस वर्षको मिस्टर एसईई गण्डकी समिर गुरुङ बनेका छन् भने सनिशा गुरुङ मिस एसइई बनेकी छन् ।

शनिबार भएको फाइनल प्रतिस्पर्धाबाट मिस्टर र मिस एसइई छनोट गरिएको हो । एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको थियो ।

यस्तै मिसतर्फ फष्ट रनर अपमा दिपिशा कोइराला, मिस्टरतर्फ राहुल सापकोटा भएका छन् भने सेकेण्ड रनरअपमा मिसतर्फ प्रतिमा भण्डारी र मिस्टरतर्फ निशान सुनार घोषित भए ।

यसैगरी थर्ड रनरअपको ताज भने मिसतर्फ स्नेहा गुरुङ र मिस्टरतर्फ रामकृष्ण भण्डारीले हात पारे । प्रतियोगितामा रोजी बास्तोला र आवेश गुरुङले भ्यूअरर्स च्वाइसको अवार्ड प्राप्त गरे । प्रतियोगितामा २६ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।

उपाधि विजेता सनिशा र समिरले जनही ५० हजार रुपैयाँ नगद पुरस्कार र न्यू ग्यालेक्सी उच्च माविमा पूर्ण छात्रवृत्ति प्राप्त गरे ।

यस्तै, फष्ट रनरअप दिपिशा र राहुलले जनही २५ हजार नगद पुरस्कार र न्यू ग्यालेक्सी उच्च माविमा ५० प्रतिशत छुटमा छात्रवत्ति प्राप्त गरेका छन् भने सेकेण्ड रनरअप प्रतिमा र निशानले जनही १५ हजार रुपैयाँ नगद पुरस्कार र न्यू ग्यालेक्सीमा ५० प्रतिशत छुटमा छात्रवत्ति प्राप्त गरेको एसटी क्रियसनका निर्देशक सुरज थापाले जानकारी दिए ।


Loading...