चलचित्र वीर विक्रम २ को व्यंग्यात्मक समीक्षालाई लिएर ‘साइबर क्राइम’ अभियोगमा थुनामा रहेका प्रनेश गौतम रिहा भएका छन् ।
उनलाई हरेक दिन प्रहरीमा हाजिर हुने गरी बिहीबार राति रिहा गरिएको प्रहरी परिसर काठमाडौँले जनाएको छ । अपराध महाशाखाले बिहीबार सरकारी वकिलको कार्यालयमा मुद्दाको प्रक्रिया अघि बढाएपछि प्रदेशलाई परिसरको जिम्मा लगाएको थियो । परिसरले उनलाई हाजिरी जमानतमा छाडेको हो ।
उनी गएको शुक्रबारदेखि थुनामा थिए । निर्देशक मिलन चाम्सको उजुरीका आधारमा प्रहरीले प्रनेशलाई पक्राउ गरेको थियो । बिहीबार बेलुका छाडिएका प्रनेश शुक्रबार बिहान प्रहरीमा हारिज भएका छन् । उनी सम्बन्धी मुद्दा शुक्रबार अदालतमा पेश हुने र त्यसपछि थप प्रक्रिया अघि बढ्ने जनाइएको छ ।




