बलिउडकी चर्चित नायिका सनी लियोनीले नेपाली फिल्ममा डेब्यु गर्न लागेको खबरले खुबै चर्चा भयो । उनले पासवर्ड फिल्ममा डेब्यु गर्ने भनिए पनि उनले एउटा आईटम नम्बर मात्रै गर्ने खबर बाहिरियो । उक्त खबरपछि दर्शकहरु निकै कौतुहल्तामा रहे ।
गीत सुटिङका तस्बिरहरु पनि सार्वजनिक भए । सोही कारण पनि उक्त गीतको खुबै प्रतिक्षा गरिएको थियो । यही प्रतिक्षाकाबीच सनी लियोनीले अभिनय गरेको नेपाली गीत आज रिलिज भएको छ । मेरो नाम सन्नी बोलको उक्त गीतमा सनीको वाह वाला पफर्मेन्स देख्न सकिन्छ ।
जहाँ बोल्ड अवतारमा देखिएकीछिन् । गीतमा सनीलाई सय भन्दा बढि कोरस डान्सरहरुले साथ दिएका छन् । भिडियोमा सनीसंगै बिक्रम जोशी ,अनुप विक्रम शाही र कलाकार बुद्धि तामाङ पनि फिचर्ड रहेका छन् । गीतको मेकिङ निकै लोभ लाग्दो देखिएको छ । गीतलाई विष्णु देभाले कोरियोग्राफी गरेका छन् । जसले बलिउडमा सलमान खान , सारुख खान जस्ता नायकहरुलाई नचाईसकेका छन् । सनीलाई यस गीतका लागि करोड पारिश्रृमिक दिईएको बताईएको छ ।
फिल्मको कथा अनुसार नै सनी लियोनीको माग भएकोले राखिएको निर्देशक सम्राट बस्नेतले बताएका छन् । उनको पनि यो डेब्यु निर्देशन हो । गीतमा दुर्गा खरेलको आवाज , अर्जुन पोखरेलको संगित र बिक्रम जोशीको शब्द रहेको छ । फिल्ममा बिक्रान्त बस्नेत, रविन्द्र झा, लिशा सुनार, परि राना लगायतका कलाकारहरुको अभिनय रहेको छ । विक्रम जोशी ,अमित बस्नेत र हिरल जोशीको समेत लगानी रहेको यस फिलमएक्सन र थ्रिलर हो ।फिल्म भदौँ २७ मा अल नेपाल रिलिज हुँदैछ ।




