प्रकाश सपुत र शान्ति श्री परियारको आवाजमा रहेको गलबन्दी एक करोडभन्दा बढी पटक हेरिएको । गीतमा संवाद घरसम्म आइपुगेका छन्, जस्तो ढिलो आयो, कडा आयो ।
पुराना गायक शम्भु राईले आफ्नो गीतको भाका नक्कल गरेर प्रकाश सपुतले ‘गलबन्दी’ बनाएको भनेपछि गीतबारे विवाद भयो । यही विवादबारे बिहीबार सपुत र राईबीच संवाद भएको छ ।
राष्ट्रिय लोक तथा दोहरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले दुवै पक्षलाई राखेर सहमति प्रयास गरेका हुन् ।
शम्भु राईले सपुतलाई निरुत्साहन गर्न नचाहेको तर सिर्जना चोरी भएको बताएका छन् भने सपुतले गीत कपी नगरेको जनाएका छन् ।




