बलिउडकी आइटम गर्ल सन्नी लियोनीले नृत्य गरेकी ‘पासवर्ड’चलचित्रमा समोश गरिएको ‘आजको साम’ बोलको गीतको भिडियो रिलिज भएको छ ।
भदौ २७ गतेबाट रिलिज हुन लागेको उक्त चलचित्रको गितको भिडियो लण्डनमा छायांकन गरिएको यो हो । सन्नी लियोनीले नृत्य गरेका कारण पनि यो गीतको भिडियो प्रतिक्षामा थियो ।
गीतमा अर्जुन पोखरेलको संगीत, दुर्गा खरेलको स्वर, विक्रम जोशीको शब्द छ । सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रलाई अमित बस्नेत र हिराल जोशीले निर्माण गरेका हुन् । विष्णु देवाको कोरियोग्राफी रहेको गीतको भिडियोमा अमर जीत सिंहको छायांकन छ ।
भिडियोमा नायिका सन्नी लियोनी र चलचित्रका मुख्य कलाकार अनुप विक्रम शाही र विक्रम जोशीलाई देख्न सकिन्छ । चलचित्रमा वुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा लगायतको पनि अभिनय छ ।
गीतको भिडियोमा सन्नीले नृत्य गर्दा चलचित्रको व्यापारमा पनि असर पर्ने विश्वास निर्माणपक्षको छ । सनीले यो गीतका लागि २ करोड भारतीय रुपैयाँमा संझौता गरेको निर्माणपक्षले बताएको छ । https://www.youtube.com/watch?time_continue=15&v=zRhzB7Zk3k0




