मनकारी मान्छे, जसले तिरिदिए २१ सय किसानको ऋण

चर्चित नायक अमिताभ बच्चनलाई बलिउडकै बादशाह यसै भनिएको होईन । करोडौँमा खेल्ने यी नायकले कलाकारको मात्र होईन उनले एक असल नागरिकको नाताले गर्नु पर्ने कत्वर्य पनि निर्वाह गरिरहेका छन् । समाज सेवामा समेत सक्रिय रहेका अमिताभले देशमा आई परेका भवितव्यमा ठुलो मन गरेर ठुलो आर्थिक सहयोग गर्दै आएका छन् । यसबीच अमिताभले बिहारका २१०० किसानको ऋण तिरिदिएका छन् । उनले केही समय अगाडी बिहारका किसानहरुको ऋण तिरिदिने घोषणा गरे अनुसार उनले किसानको ऋण तिरिदिएका हुन् ।

भारतमा किसानहरुले खेतीका लागि लिएको ऋण तिर्न नसक्दा आत्महत्या गर्ने समस्या भारतको सबैभन्दा ठुलो समस्या हो । किसानहरुप्रति पनि आफनो केही जिम्मेवारी रहेको भन्दै उनले २१०० सय किसानको ऋण चुक्ता गरिदिएका हुन् । उनले यसरबारेमा आफनो ब्लगमाफर्त जानकारी दिएका हुन् र अमिताभले किसानहरुलाई आफनै घरमा बोलाएर व्यक्तिगतरुपमा अभिषेक बच्चन र छोरी स्वेता बच्चनको हातबाट चेक हस्तान्तरण गरेका हुन् । उनले ५ करोड भन्दा बढि ऋण तिरिदिएको मिडियाले जनाएका छन् ।

अमिताभले किसानहरुको ऋण तिरिदिएको यो पहिलो घटना भने होईन । अघिल्लो बर्ष पनि उनले १३४८ किसानको ४.०५ करोड ऋण तिरिदिएका थिए । त्यसैगरी महाराष्ट्रमा ३५० किसानको ऋण पनि तिरिसकेका छन् ।