ताजा समाचार

जेठ १७ गते २०७६

सलमानको ‘भारत’ विरुद्ध सर्वोच्चमा मुद्दा

प्रदर्शनको संघारमा रहेको बहुप्रतिक्षित बलिउड चलचित्र ‘भारत’ विरुद्ध दिल्ली सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । 

सलमान खान, कट्रिना कैफ स्टारर यस चलचित्रको पब्लिक इन्ट्रेस्ट लिटिगेशन (पि.आइ.एल.) ले शीर्षकलाई लिएर आपत्ति जनाएको हो । चलचित्रको शीर्षक ‘सेक्सन ३ प्रतिक र नामको कानुन उल्लङ्घन गरेको बताइएको छ । जस अनुरुप ‘भारत’ शब्द व्यक्तिगत र व्यावसायिक रुपमा प्रयोग गर्न पाइँदैन । 

‘पि.आइ.एल’ ले ‘भारत’ शब्द फिल्मको शीर्षकमा प्रयोग गर्दा जनताको भावनामा ठेस पुगेको र नाम रिलिज अगावै परिवर्तन गर्नुपर्ने जनाएको छ । यसका साथै ट्रेलरमा सलमानले बोलेको एक संवाद पनि परिवर्तन गर्नुपर्ने बताएको छ । जहाँ सलमानले आफ्नो नामको तुलना देशसँग गरेका छन् । अलि अब्बास जफर निर्देशित चलचित्र ‘भारत’ ५ जुनमा रिलिज हुँदैछ ।