कान्सको रेड कार्पेटमा हिड्ने पहिलो नेपाली प्रियंका होईन म हुँ


भर्खरै मात्र फ्रान्समा आयोजना भएको कान्स फिल्म फेस्टिवलमा नायिका प्रियंका कार्की सहभागी भएर आईन् । उनको कान्समा भएको सहभागीतापछि धेरैले उनी कान्समा जाने पहिलो व्यक्ति भएको भन्दै प्रचार पनि भयो ।

सोही कारण पनि अधिकांशले प्रियंकालाई बधाई दिए भने कान्समा प्रियंकाको प्रस्तुतीलाई लिएर धेरैले चासो र कौतुहल्ता समेत देखाएका थिए । यता पहिलो तेस्रोलिंगी मोडल अञ्जली लामाले भने उक्त कुराको खण्डन गरेकीछिन् । उनले कान्सको रेड कार्पेटमा हिड्ने आफु नै पहिलो नेपाली भएको बतााएकीछिन् ।

उनले कान्समा प्रियंकाको सहभागीतालाई लिएर खुसी व्यक्त गरे पनि आफु सन् २०१८ मा गएको बताईन् । त्यसो त उनी भारतीय मोडलको रुपमा उनी कान्स पुगेको दाबी गरिएको थियो ।

सोही कारण कतिपयले अञ्जलीले कान्समा नेपाललाई नभई भारतलाई रिप्रिजेन्ट गरेको भन्दै सामाजिक सञ्जालमा बहष गरेका थिए । यसबारेमा उनले भनिन् “उहाँहरूमध्ये कति जनाले त अञ्जली नेपालमा बस्दिन, इन्डियाको रिप्रिजेन्ट गरेकी हो भन्नुभयो । त्योचाहिँ नबुझेर भन्नुभएको हो । त्यस्तो प्रतिक्रियाले भने दुःख लाग्यो । त्यसमा कुनै सत्यता छैन । मान्छेले जहाँ पनि करिअर बनाउन सक्छ । तर उसको पहिचान देशसँग जोडिएको हुन्छ” ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं