जेठ १६ गते २०७६

ताजा समाचार

जेठ १६ गते २०७६

मोटी हिट, मोदीको फिल्म फ्ल्प



बलिउडमा बायोपिकको लहड चलेकै बेला चुनावको संघारमा प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म पीएम नरेन्द्र मोदी पनि बन्यो । चुनावको संघारमा रिलिज हुने तयारीमा रहेको फिल्मलाई बिपक्षी दलले अनेक हतकाण्ड अपनाएर रिलिजमा रोक लगाएरै छाडे ।

करिब ३ महिनाको प्रयासपछि मोदीको बयोपिक मेई २४ मा रिलिजमा आयो । फिल्ममा विवेक ओवराय नरेन्द्र मोदीको भूमिकामा देखिएका थिए । फिल्मको ट्रेलरपछि निकै बिवाद र आलोचनामा आएको थियो । यता फिल्ममा विवेकले मोदीको छनक दिन नसक्नुले पनि फिल्मको कुनै चर्चा भएन ।

उनले फिल्ममा मेहनत त गरेको तर मोदीको रुपमा दर्शकलाई कनेक्ट गर्न नसकेको टिप्पणी भईरहेको छ । फिल्मले बक्सअफिसमा पनि कुनै कमाल गर्न सकेन । ५ दिनमा फिल्मले मात्र १६.१९ करोड कलेक्सन गर्न सकेको छ । पहिलो दिन २.८८ करोड , दोस्रो दिन ३.७६ करोड , तेस्रो दिन ५.१२ करोड , चौथो दिन २.४१ करोड र पाँचौ दिन २.०२ करोड कलेक्सन गरेको हो । यो कलेक्सन गर्दा समग्रमा भन्न सकिन्छ भारतमा मोदी चले तर फिल्म चलेन । समिक्षकहरुले फिल्मलाई रुचाएका छैनन् भने दर्शकहरुले पनि ।