ताजा समाचार

वैशाख २४ गते २०७६

उपल्लो मुस्ताङमा ‘सम्हालिन्छ कहिले मन’चलचित्र युनिटको ड्रोन क्यामेरा नियन्त्रणमा

निषेधित तथा नियन्त्रित क्षेत्रमा डोन क्यामेरा उडाएको आरोपमा चलचित्र ‘सम्हालिन्छ कहिले मन’चलचित्र युनिटको ड्रोन क्यामेरा नियन्त्रणमा लिईएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

शनिवार र आईतबार मुस्ताङको जोमसोमका बिभिन्न स्थानमा सुटिङ सकेर उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको टोलीको मंगलबार बिहान ड्रोन उडाएकै अवस्थामा नियन्त्रणमा लिईएको जनाईएको छ । नेपाल सरकार गृह मन्त्रालयले निषेधित तथा नियन्त्रितक्षेत्रमा ड्रोन क्यामेरा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।

म्ुुस्ताङको वारागुसङ मुक्तिक्षेत्र कागबेनी देखि माथिको उत्तरीक्षेत्र संरक्षित तथा निषेधित क्षेत्र अन्तर्गत पर्दछ ।मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले ड्रोन क्यामेरा प्रयोग गरेको टोली कागबेनी,मुक्तिनाथ लगायत तल्लो क्षेत्रमा मात्र ड्रोन प्रयोगको स्वीकृत लिएकाले नियन्त्रणमा लिनु परेको बताए ।चलचित्र टोलीलाई निषेधित क्षेत्रका बारेमा जानकारी गराईएको भएपनि अटेर गरी ड्रोन प्रयोग गरेकाले क्यामेरा नियन्त्रण लिन परेको जानकारी दिए ।

सीमा प्रहरी चौकी लोमान्थाङका प्रहरी असई नरेन्द्रकुमार पौडेले चलचित्रको ड्रोन क्यामेरा साईतका लागि ट्रायल गरिरहेको अवस्थामा ड्रोन नियन्त्रणमा लिएको बताए ।उनले चलचित्र छायाङ्कन अवधि सम्म नियन्त्रणमा राखिने र टोली फर्किएपछि जिम्मा लगाईने उनको भनाई छ । २ महिना अघि पनि उपल्लो मुस्ताङको लोमान्थाङमा प्याराग्लाईडिङको परिक्षण उडान गरिएको थियो ।उक्त टोलीले पर्यटन मन्त्रालयको अनुमति लिएकाले उडानमा रोक नलाईएको असई पौडेलले खुलाए ।

‘सम्हालिन्छ कहिले मन ’चलचित्रका निर्माता अमित बस्नेत र निर्दैशकमा सुदर्शन थापा छन् । ३ करोड लगानीमा निर्माण भईरहेको चलचित्रको मुस्ताङमा १० प्रतिशत सुटिङ हुदैछ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।