पशिनाको मोल (लघुकथा)


`म भोकै छु, खान पाइनँ !’ उसले जे थियो, खान दियो । `म नाङ्गै छु, लगाउन पाइनँ !’ उसले भएको लगाउन दियो । `म रोगी छु, उपचार पाइनँ !’ उसले सक्दो उपचार गरायो । `गरिबीको कारण मैले छोराछोरीलाई पढाउन सकिनँ !’ उसले यताउता भनसुन गरेर भएपनि नि:शुल्क पढ्ने ब्यवस्था मिलाइदियो । उसले आफ्ने बुताले भ्याएसम्म सक्दो सहयोग सबैलाई गर्दै रह्यो ।

॰॰॰ `म भोकै छु ।‘ उसले सुन्न छाड्यो । `म नाङ्गै छु ।’ उसले देख्न छाड्यो । `म गरिब छु, … । म रोगी छु … । म अशक्त छु …। …!‘ उसले सुन्दै सुनेन, देख्दै देखेन । आफ्नो मुठ्ठी कसेर बस्यो । कसैलाई केही सहयोग गरेन । आजकाल ऊ आफ्नै खुट्टामा उभिएको छ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं