हाम्रो समाजमा कैयौं प्रकारको परम्परा र मान्यताहरु रहेका छन् । जसको पछि वैज्ञानिक कारण समेत रहेको छ । यस लेखमा हामी पूर्वीय समाजको परम्पराको पछि जोडिएको वैज्ञानिक कारणहरुको बारेमा उल्लेख गर्ने गरेका छौं ।
नमस्ते गर्नु
धर्म संस्कृतिमा कुनै पनि शिष्टाचारको पछि एक वैज्ञानिक कारण समेत रहेको छ । दुबै हातलाई साथमा जोड्दा हातको औंलाहरुमाथि जोड पर्दछ । जसले एक प्रकारको एक्यूप्रेशरको दबाव हुन्छ । जसबाट हाम्रो दिमाग, कान र आँखा समेत सक्रिय हुन पुग्दछ । यसबाट हाम्रो सामु रहेको व्यक्तिलाई लामो समयसम्म याद गर्न सकिन्छ ।
मन्दिरमा घण्टी बजाउनु
हामी मन्दिरमा जाँदा घण्ट बजाउने गर्दछौं । यसको पनि बैज्ञानिक कारणहरु रहेको छ । मन्दिरको घण्टीहरु जोर जोरले बजाउँदा वातावरणमा कम्पन पैदा हुन्छ । जसबाट हावामा मौजूद सबै प्रकारका विषाणु, ब्याक्टेरिया र सूक्ष्म जीव नष्ट हुन्छ ।

आसपासको वातावरण साफ हुन्छ भने मन्दिरको घण्टीहरुको ध्वनी व्यक्चिको मस्तिस्कको बायाँ र दायाँ हिस्सालाई समेत सन्तुलित गर्ने काम गर्दछ । यो ध्वनि १० सेकेण्ड बजिरह्यो भने यसले मस्तिस्कमा एउटा नयाँ उर्जा मिल्ने बताइएको छ ।
जमीनमा बसेर भोजन गर्नु
हिन्दू समाजमा अधिकतरमानिस जमीनमा बसेर भोजन गर्दछन् । तर यसको समेत वैज्ञानिक महत्व रहेको छ । दुबै घुँडाको मोडेर पलेँटी मारेर बस्नु एक प्रकारको योगा हो । जसबाट मस्तिष्क शान्त हुन्छ । भोजन गर्ने समयमा मन शान्त रहन्छ । र पाचन शक्ति समेत बढी हुन्छ ।




