फिल्म निर्देशक रामगोपाल बर्मा पक्राउ

भारतका चर्चित फिल्म निर्देशक रामगोपाल बर्मा पक्राउ परेका छन् । फिल्म ‘लक्ष्मीज एनटीआर’बारे पत्रकार सम्मेलन गर्न लागेका उनलाई आन्ध्र प्रदेशको विजयवाडा पुलिसले फिल्मका प्रोड्युसरलाई नियन्त्रणमा लिएको हो ।

‘लक्ष्मीज एनटीआर’ पछिल्लो दुई महिनादेखि विवादमा छ । यसको मुद्दा अदालतसम्म पुगेको छ । आन्ध्र प्रदेश हाई कोर्टले प्रदशेमा चलचित्र प्रदर्शनमा रोक लगाएको छ तर, तेलंगाना लगायतका अन्य स्थानमा प्रदर्शन भएको छ ।