लघुकथा:- ठुलै मान्छे

पढाइ त छाड्यो छाड्यो , कहिले केटीहरूमाथी नराम्रो नजर राख्यो भनेर शिकायत आउँछ । कहिले साथिहरुसंग सापट लिएको पैसा तीरेन भनेर गाली खान्छ । कति सोझो थियो, अचेल धेरै बोल्न थालेको छ । झै -झगडा र चर्का -चर्की न गरेको दिन नै हुदैन । हुँदा -हुँदै झुटो बोल्न थाली सक्यो । भएन भनेर तोडफोड गर्यो भनेर आज पुलिसले हत्कडी नै लगाएर लग्यो ‘- पिँडिको कुना मा बसेर गालामा हात लगाएर झोक्राएर बसेका श्रीमानलाई गहभरी आँसु गर्दै कान्छो छोराको बृतान्त सुनाइन पार्बतिले ।

उनी फेरि एक छिन रोकिएर लामो सास तान्दै आफ्ना श्रीमान लाई दुखेसो पोख्न थालिन् – तै जेठो ईन्डियामा लाहुरे भइहाल्यो । माइलोले ठुलै देश आँटेर हिडि हाल्यो । साहिँलोले सरकारी ब्याङ्कमा जागिर पाईहाल्यो । सबैले आ- आफ्ना लाइन लिए । यसको चिन्ता र पीरले झन -झन ज्यान सुक्न थालि सक्यो मेरो । हैन बुढा, यहि छाँट हो भने यसले के गरेर खाला खै ….!

निकै बेर टोलाएर बसेका बुढाले पार्बतिलाइ सान्त्वना दिदै भने -“चिन्ता न ‘लि ‘भो बुढी , राजनितीमा हात हालेको छ के रे…. ! पछि ठुलै मान्छे बन्ला नि ‘