लोग्ने खाडीमा कमाउने, स्वास्नी अर्कैसँग रमाउने ! (भिडियोसहित)

चर्चित लोकदोहोरी गायक विष्णु खत्रीको नयाँ गीत बिचल्ली सार्वजनिक भएको छ। लामो समय पछि बिष्णुले आफ्नै स्वर, शब्द र संगीतमा उक्त गीत बजारमा ल्याएका हुन्।

सामाजिक यथार्थता बोकेको गीत ुबिचल्लीु गीतमा खत्री र देवी घर्तिको आवाज छ। वैदेशीक रोजगारमा जाने सयौ नेपाली युवाले भोग्नु परेको छ कहालीलाग्दो अवस्थालाई गीत संगीतको माध्यमबाट उतार्ने जमर्को गरेका छन्। सुजन शाहिको सम्पादनमा तयार भएको गीतलाई दिलिप रेग्मीले निर्देशन गरेका हुन्।

मरुभूमि नारायणले छायांकन गरेको गीतमा दिलिप रेग्मी,साया भण्डारी,बिष्णु खत्री र प्रलाद सुबेदी अभिनय रहेको छ।