पोखरामा खिचिएको बलिउड फिल्मको टिजर सार्वजनिक

अर्जुन कपुरको मुख्य अभिनय रहेको फिल्म “इन्डियाज् मस्ट वान्टेड” को टिजर सार्वजनिक भएको छ । अधिकांश भाग पोखरामा सुटिङ गरिएको फिल्मको टिजरमा अजुर्न कपुरसंगै केही नेपाली कलाकारहरु समेत देखिएका छन् ।

टिजरमा चर्चित नेपाली कलाकार रवि गिरीलगायतका कलाकारहरु देखिएका छन् । रवि फिल्ममा प्रहरीको भूमिकामा देखिएका छन् । साथै फिल्ममा अर्का नेपाली कलाकार एवं निर्देशक सुवर्ण थापाले पनि अभिनय गरेका छन् । उनी पनि प्रहरीको भूमिकामा रहेका छन् ।

भारतमा विभिन्न आतंककारी हमला गरेका मस्ट वान्टेडलाई प्रक्राउ गर्न अजुर्नसहितको टोली नेपाल आउँछन् । जहाँ नेपाल प्रहरीले उनीहरुलाई अनुसन्धानमा सघाउ गर्छ । फिल्मले यही कथा बोल्छ । फक्स स्टार स्टुडियोले निर्माण गरेको यस फिल्ममा अमृता पुरी , राजेश शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म मेई २४ मा रिलिज हुँदैछ ।

पोखरामा फिल्मको सुटिङ गरिएको समय अर्जुनले पोखराको सुन्दरताको बयान गर्दे थुप्रै पटक सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । उहाँ पोखराको सुन्दरताबाट आफु कायल भएको उल्लेख गरेका थिए ।