निषेधित क्षेत्रमा प्रदर्शनी गरेपछि विवेकशीलका १७ पक्राउ

निषेधित क्षेत्रमा प्रदर्शनी गरेको भन्दै प्रहरीले विवेकशील नेपाल दलका उज्जल थापासहित १७ जनालाई पक्राउ गरेको छ ।

बालुवाटारको जग्गामा भूमाफियाको नाममा दर्ता गराएको भन्दै विरोधमा उत्रिएका उनिहरुलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो।

भूमाफियाले प्रधानमन्त्री निवास र प्रधान्यायाधीश निवासलाई कब्जा गर्न खोजेको भन्दै उनीहरू नेपालको राष्ट्रिय झण्डासहित बालुवाटार पुगेका थिए।