बुद्ध एयरले मन्त्री बाँस्कोटालाई एयरपोर्टमै छोडेपछि बुटवलमै बास

सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई बुद्ध एयरको विमानले एयरपोर्टमै छोडेर गएपछि उनि बुटवलमै बास बसेका थिए ।

मन्त्रि बाँस्कोटा सोमवार प्युठानको गौमुखी गाउँपालिकाको एक कार्यक्रममा सहभागी भएर भैरहवा आउँदै गर्दा उनलाई छाडेर उडेको हो ।मंगलवार बिहान बुटवलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री बाँस्कोटाले आफूलाई बुद्ध एयरको विमानले एयरपोर्टमै छोडेर गएपछि आक्रोश व्यक्त गरेका छन् ।

विना सूचना बुद्ध एयरले छाडेर गएपछि नयाँ वर्षको अवसरमा अरू केही नभनौ भन्दै शुभकामना ब्यक्त गरेका थिए ।उनले जहाजले छाडेर गएपछि सञ्चारकर्मीहरुसंग भेट भएकोमा भने खुसि ब्यक्त गरेका छन् ।

बाँस्कोटाले सरकारले कामको आधारशिला निर्माण गरेको बताए । सरकारले गठन भएको एक वर्षमा सरकारले कामको आधारशिला तयार गरेको दाबी गरे ।

बुद्ध एयरको भैरहवा शाखाका सिनियर अफिसर डिपी मगरकाअनुसार पहिला मौसममा खराबीको कारण काठमाडौंबाट यति एयरले उडान रद्ध गरे पनि बुद्धले उडान रद्ध गरेको थिएन।

साँझको उडान भएको कारण मौसम खराब हुन सक्ने र १० बजेपश्चात काठमाडौं विमानस्थल मर्मत संम्भारको लागि बन्द हुने भएपछि छिटो छिटो उडान गर्दा मन्त्री छुटेको उनले जानकारी दिए।