दयारानीमा गुरुङ युवक बनी यसरी नाचे दयाहाङ

नेपाली सिनेमा क्षेत्रमा चकलेटी र सर्लक्क परेका नायकहरुको बाहुल्यता तोडेका नायक दयाहाङ राईको नयाँ फिल्म दयारानीको नयाँ गीत सार्वजनिक भएको छ ।

“चिरी च्याट्ट” बोलको सार्वजनिक गीतमा राजनराज सिवाकोटी र मेलिना राईको आवाज रहेको छ भने शब्द र संगित पनि राजनराज कै रहेको छ । बिक्रम स्वाँरको कोरियोग्राफीमा दयाहाङ र दीया पुन फिचर्ड रहेका छन् ।

दयाहाङ नाच्न भनेपछि तीनहात पछि सर्छन् तर पछिल्लो समय उनी नाच्न पनि थालेका छन् । लोकशैलीमा तयार भएको उक्त गीतमा पनि दया छमछमी नाचेका छन् ।

माओत्से गुरुङले निर्देशन गरेको यस फिल्ममा विजय बराल, प्रमिश गुरुङ , श्रृषा कुँवर , नयन गुरुङ , बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म एउटा खराब श्रीमान् र उसकी श्रीमतिको कथामा निर्माण भएको छ । फिल्म जेठ १० मा अल नेपाल रिलिज हुँदैछ ।