सेन्सर बोर्डले किन रोक्यो मोदीको फिल्म ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमाथि बनेको फिल्म पीएम नरेन्द्र मोदी अप्रिल ५ यानेकी आजबाट रिलिज हुने तयारीमा थियो । तर यो फिल्म आजबाट रिलिजमा आउन सकेन र फिल्मको ट्रेलर रिलिज भएपछि निकै बिवादमा आएको यो फिल्मको रिलिज रोक्न मुद्धा नै परेको थियो तर अदालतले उक्त मुद्धा नै खारेज ग¥यो । ट्रेलर हेर्दा नै थाहा हुन्छ की उनको यो फिल्म पुर्णतय चुनावलाई लक्ष्ति गरी निर्माण गरिएको हो । बिपक्षी दलहरुले उनको यो फिल्म चुनावभन्दा अघि रिलिज हुन दिनै नहुने समेत माग गर्दे आईरहेका थिए । तर अदालतले नै मुद्धा खारेज गरेपछि मोदीको फिल्ममाथिको संकट टरेको थियो तर पनि फिल्म आजबाट रिलिजमा आउन सकेन ।

बिषेश गरी यो फिल्म सेन्सरबाट रोकिएपछि रिलिज हुन नपाएको हो । जाँचको प्रक्रिया पुरा नभएको भन्दै फिल्म रिलिज गर्ने अनुमती नदिएको हो । अब यो फिल्म कहिले रिलिज हुन्छ भन्ने कुनै अत्तोपत्तो छैन । चुनावमा राम्रो प्रचार सामाग्री होस भन्ने हेतुले नै मोदीले आफनो बायोपिक बनाउन दिएका थिए तर निर्धारित समयमा रिलिज नभएपछि यसले निर्माण टिम र स्वयंम मोदीलाई पनि ठुलो धक्का लागेको छ ।

यता बिपक्षीले फिल्म रिलिज भए चुनावको आचारसंहिताको उल्लघन हुने भन्दै चुनाव आयोगमा उजुरी दिएका थिए त्यसको पनि फैसला हुन बाँकी नै छ । अप्रिल ११ देखि अप्रिल १९ सम्म भारतमा आम निर्वाचन हुँदैछ यस्तोमा यो फिल्म सकेसम्म चुनावभन्दा अगाडी रिलिज गर्न नदिने पक्षमा बिपक्षीहरु देखिएका छन् । उनीहरुले मोदीको यस फिल्ममा देखाईका बिषयबस्तुको वास्तविकतामाथि प्रश्न चिन्ह उठाएका छन् ।फिल्ममा मोदीको भुमिकामा विवेक ओवराय देखिएका छन् ।