चर्चित भारतीय टेलिभिजन रियालिटि शो ‘सारेगमप लिटिल च्याम्प’मा गित मार्फत तहल्का मच्चाउँदै आएका इटहरीका बालगायक प्रितम आचार्यले आफुलाई जिताउँन आफ्नो फेसबुक पेजमा लाईक सँगै सेयर गरिदिन आग्रह गरेका छन । उनले आफ्नो नामबाट धेरै नक्कली पेज बनेको भन्दै आफ्नो पेजमा लाईक गरिदिन उनको आग्रह छ । हेर्नुस गायन र सहयोग अपिल सहितको भिडियो
आचार्यको आधिकारीक फेसबुक पेज https://www.facebook.com/PritamAcharya.NP977 हो । इटहरीकै विश्व आदर्शमा कक्षा ६ मा अध्यानरत प्रितम उमेरले भर्खर ११ वर्षका छन् । उनका धेरै गीत तथा कभर गीतहरु युट्युबमा प्रशस्त छन् ।
इटहरी ५ स्थायी घर भएका प्रितम संगीत र पढाईलाई सँगसँगै लागिरहेका छन् । भारतको लोकप्रिय टेलिभिजन जी टिभि मार्फत प्रसारण हुने बाल गयान प्रतियोगिता “सा रे ग म प् लिटल च्याम्प्स का निकै नै बलियो प्रतियोगीका रुपमा रहेका प्रितम आचार्यको चर्चा पछिल्लो समय निकै नै बढिरहेको छ ।
प्रितमको नाममा धेरै फेसबुक आईडी बनेको भन्दै उनको आधिकारीक फेसबुक पेजमा लाईक गर्ने नागरिक समाज इटहरी महासचिव राजु केसीले बताए । उनले भने प्रितमको आधिकारीक पेजमा भन्दा पनि जथाभावी खोलिएको पेजमा लाईक धेरै आएका छन । पेजमा लाईक र सेयर गरिदिन आग्रह गदै केसीले भने इटहरीले मात्र हैन पुरै नेपाल प्रितमको पक्षमा लाग्नु पर्छ । प्रितमका बाबु काशिनाथ आचार्य इटहरीमै रहेको सिप्रदी कम्पनीमा काम गर्छन भने आमा सामान्य गृहणी हुन् ।




