ताजा समाचार

चैत्र १२ गते २०७५

शहिद परिवारका बिद्यार्थीलाई सहयोग जुटाउन बेलायतमा’मिरा साँझ’हुँदै

’मिलनच्यारीटी फाउण्डेसन’ले यही चैत १६ गते ’मिरा साँझ’आयोजनागर्ने भएको छ ।

सुनसरीको शहिद स्मृतीआवासीय बिद्यालयको सहयोगको लागी गायिका मिलन नेवार र गायक राजन राजशिवाकोटीको संयुक्त साँझ बेलायतको विभिन्न स्थानमाअयोजना गरिने भएको हो ।
बिद्यालयले गायीका नेवार र गायकशिवाकोटीलाई सद्भावनादुत समेत तोकेको छ ।

गायिका मिलनले केही समय अगाडी आफ्नो एल्बम विमोचनका क्रममा सामाजिक सेवाको औपचारिक सुरुवातगर्दै ’मिलनच्यारीटी फाउण्डेसन’को घोषणा गरेकी थिईन् । फाउण्डेसनको पहिलो कार्यक्रमअन्तर्गत आगामी २० मार्चमा युकेमा मिरा साँझआयोजना गरिएको नेवारले जानकारी दिईन् ।

अग्रगामी समुह बेलायत, आदीबासीचलचीत्रमहासंघ बेलायत र मिलनच्यारीटी फाउण्डेसनको संयुक्तआयोजनामा हुने साँझको संकलित रकम बिद्यालयका बालबालीकाको अध्ययनका लागि खर्च हुने छ ।

शहिद तथा बेपत्ता परिवारका बिद्यार्थीहरु लक्षीत गरेर २०६६ सालमा स्थापनाभएको बिद्यालयमा ४ सय असहाय बिद्यार्थीहरुले सहुलीयतमाअध्ययन गरीरहेका छन् । गायिका मिलन नेवारले ईटहरी उपमहानगरपालीका २५ भवानीपुरमा रहेको यो बिद्यालयमा नियमीत सहयोग गर्दै आएकी छन् ।


Loading...