ताजा समाचार

चैत्र ८ गते २०७५

बलिउडकी ‘आसिकी गर्ल’ नेपाली युवकसंग विवाह गर्दै !

बलिउडकी ‘आसिकी गर्ल’ श्रद्धा कपुरले आउँदो वर्ष आफ्ना प्रेमी रोहन श्रेष्ठसँग विवाह गर्ने भएकी छन्।

भारतीय मिडियाका अनुसार श्रद्धा र रोहनको परिवारले उनीहरुको बिहेको तयारी समेत थालेको छ।

अनुष्का शर्मा– बिराट कोहली, प्रियङ्का– निक, दिपिका–रणवीर, सोनम–आनन्द आहुजापछि अब श्रद्धा र रोहन बैबाहिक जीवनमा बाँधिन आँटेका हुन्।

श्रद्धाको शाहो, चिचरी र स्ट्रिट डान्सर नामक फिल्म प्रदर्शनको क्रममा छन्। शक्ति कपुरकी छोरी श्रद्धा अभियनका साथै गायनबाट पनि चर्चित छन्।

श्रद्धाका प्रेमी रोहन पेशाले फोटोग्राफर हुन्। उनले खिचेका तस्वीरहरु बिभिन्न पत्रिकामा छापिँदै आएका छन। ३४ वर्षीय रोहन मुम्बई र न्यूयोर्कमा बस्छन्। उनी प्रसिद्ध फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन्।

श्रद्धा र रोहनबीच दुई वर्षको मात्र फरक छ। अघिल्लो वर्षदेखि नै उनीहरुले ‘डेटिङ’ थालेका थिए।

पिताबाट फोटोग्राफी सिकेका रोहनले बलिउडका ‘मै हुँ’ भन्ने सेलिब्रेटीहरुको फोटो खिच्दै आएका छन्।

उनले आफ्नो वेभसाइटमा प्रेमिका श्रद्धा कपुरको मात्र नभएर बलिउड र खेल जगतका हस्तीहरुको फोटो राखेका छन्।

रोहन गोताखोर समेत हुन्। उनीहरुको बिहेको हल्लासँगै केही मिडियाहरुले भने दुईबीच सम्बन्ध राम्रो नरहेको समेत टिप्पणी गरेका छन्।


Loading...