फागु पूणिर्मा भन्नेवित्तिकै धेरै कलाकारहरुले अभिनेत्री करिश्मा मानन्धरलाई सम्झिन्छन् । किनकी उनले प्रत्येक वर्ष फागु पूणिर्मामा आफ्नै घरमा कलाकारहरुलाई निम्याएर रमाइलो गर्ने गरेकी थिइन् । तर, यसपालि उनको ललितपुरस्थित घर सुनसान रह्यो ।
धेरै वर्षको अन्तरालपछि करिश्माले फागु नमनाउनुको कारण थियो, नजिकिएएको एसईई परीक्षा । १० चैत्रबाट सुरु हुने एसईई परीक्षामा उनी सहभागी हुँदैछिन् । परीक्षाको तयारीमा जुटिरहेकी करिश्माले यसपालीको फागुलाई हाप्ने निर्णय गरेकी हुन् । आफूलाई निम्तो आएका अन्य कार्यक्रममा पनि उनी गइनन् । यद्यपि, बच्चाहरुसँग गोदावरी भिलेज रिसोर्टमा गएर एकछिन होली खेलेको उनले बताइन् ।




