मेरो जनमत संग्रह प्रति कुनै गुनासो छैन

मलाइ थाहा छ, मेरो कुरा धेरै लाइ मन पर्दैन, धेरैले गालि पनि गर्नु होला तर मेरो जनमत संग्रह प्रति कुनै बिरोध – गुनासो छैन ।

१, गणतन्त्र, धर्म निरपेक्षता, संघियता जस्ता बिषय मा पनि जनमत संग्रह गरिनु उचित हुने थियो भन्ने लाग्छ । अझै गरिन्छ भने, स्वागत गर्छु । तथापि चुनाबमा राजतन्त्र बादी, हिन्दु राष्ट्र बादी र संघियता बिरोधि पटक पटक पराजित भएका कारण उक्त नतिजा लाइ एक हिसाबले जनमत संग्रह जस्तै मान्न पनि सकिएला ।

२, कुनै देस भित्र बस्ने ठुलो समुदायले आफु लाइ फरक देख्छ, विभेद महसुस गर्छ भने अलग देस हुने वा नहुने भनेर गरिने जनमत संग्रहमा पनि मेरो कुनै बिरोध – गुनासो छैन, भबिस्यमा पनि हुने छैन । मेरो अरुको देसमा एउटा धारणा अनि आफ्नो मातृभूमिमा फरक धारणा राख्ने पाखण्डी मानसिकता छैन । अर्थात, स्पेनका क्याटोलोनाका जनता, युकेको स्कत्ल्यनड, चिनको तिबत, भारत को काश्मिर लगायत सबै देस भित्रका चरम असन्तुस्टी मा जनमत संग्रह गरिनु ठिक हो भन्ने बुझाइ भएको मानिसले नेपालमा चाइ त्यो अवसर दिनै हुदैन भन्ने मान्दिन । अर्थात, कुनै देसले आफ्ना नागरिकलाइ अपनत्व महसुस गराउन सकेनन – चाहेनन् भने, असन्तुस्ट जनताहरु को टुक्रिएर अलग देस बनाउन पाउने अधिकार को मैले सम्मान गर्छु ।

३, मैले पटक पटक गास, बास, कपास, सिक्षा, स्वास्थ, रोजगारी, सुरक्षा जस्ता आधारभूत आवस्यकता लाइ पहिलो प्राथमिकता दिन अनि भ्रस्टाचार र जातीय छुवाछुत लगायतका बिभिन्न प्रकारका विभेद न्यूनीकरण गर्न जोड दिन सरकार लाइ अनुरोध गर्छु । यसो भनि रहदा धेरै ले बिकास बिरोधि भन्ने गर्छन । तर यी आधारभूत काम लाइ प्राथमिकता दिदै रेल , पानि जहाज, आडाबिक हतियार लगायत ठुला परियोजना बनाउनु पर्छ भन्ने मेरो मान्यता हो । जब सम्म आधारभूत आवस्यकता को ग्यारेन्टी हुदैन र जब सम्म विभेद अन्त्य नभएर अपनत्व महसुस हुदैन तब सम्म मुलुक टुक्रिने (द्वन्द वा जनमत संग्रह ) सम्भावाना जीवित रहन्छ । यहि असन्तुस्टीलाइ शक्ति केन्द्र हरु ले द्वन्द गराएर आफ्नो हतियार को बजार बनाउने गर्छन, गरि रहने छन् । दुख लाग्ने कुरा नेकपाको शक्तिशाली सरकार छ अहिले तर तत्काल गर्न सकिने, गर्नु पर्ने हजारौ काम थाति राखेर ‘आफ्नो सरकार को काम देखेर संसार चकित भएको’ गफ चुटेर बसेको छ ।

४, कतिपय साथिहरु तराइ मधेसमा अहिले जनमत संग्रह भयो भने, त्यो क्षत्रका जनताले नेपाल बाट अलगिने पक्षमा मतदान गर्छन भनेर दाबि गर्ने गरेको छन् । मलाइ भने अहिले सम्म पनि त्यो कुरामा बिश्वास छैन । अहिले पनि भारतको ज्यादती सहेर, सिमा मिचिदा आफ्नो ज्यान बाजी लगाएर सिमा रक्षा गरेर नेपालको अखंड़ता रक्षा गरि रहेका जनता मधेस कै हाम्रै दाजु भाइ हुन् । नेपालि सेना ले सिमा रक्षा गरेको छन् भन्ने भ्रम मा कोहि नपरे हुन्छ । अधिकांस दौरा सुरुवाल र ढाका टोपी लगाउने कथित राष्ट्रबादी नेता हरु संग त भारत संग सिधा आँखा जुधाएर नेपालको सिमा बिबाद बारे बोल्न सक्ने नैतिक बल र इमान्दारिता समेत छैन । यीनै ढका टोपी वाला हरुले पटक पटक रास्ट्रघाती सन्धि – सम्झौता गरेका छन् ।सत्तामा बसेर बर्सौ सम्म भ्रस्टाचार र अपराधिहरु को संरक्षण यीनैले गरेका छन् । तसर्थ मैले कथित पाहाडी राष्ट्रबादी भन्दा मधेसका दाजु भाइ हजार गुणा राष्ट्रबादी देख्छु ।

५, निसन्देह नेपाल टुक्राउनु पर्छ भन्ने आवाज को पक्षमा दसौ हजार अहिले पनि छन् । केहि आवाज विभेद को बिरुद्ध स्वतस्फुर्त रुपमा जोडिएको छ अनि केहि भने शक्तिकेन्द्र हरुको पालन – पोषणमा टिकाइएको छ । तर यी सबै आवाज लाइ बल प्रयोग गरेर दबाउन किमार्थ सकिदैन । यो आवाज लाइ निस्तेज पार्न गास, बास, कपास, सिक्षा, स्वास्थ, रोजगारी जस्ता आधारभूत आवस्यकताको ग्यारेन्टी अनि सबै प्रकारका विभेदको न्यूनीकरण हुनु पर्छ । मुलुकमा विभेद न्यूनीकरणको कुरा गर्ने बित्तिकै केहि कथित राष्ट्रबादी हरु धर्म, परम्परा, संस्कृति नास भयो भनेर बुरुक्क उफ़्रनछन । यसरि उफ्रिने हरु बास्तबमा रास्ट्रघाती र अधर्मी हुन् ।

६, मैले एउटा लेख मार्फत सिके राउत जी लाइ अनुरोध गरेको थिए । ‘ विभेद र गरिवी तराइ – मधेस मा मात्र नभई नेपाल भरि छ र यसको मूल कारण भ्रस्ट र असक्षम नेताहरु हुन् । नेपाल मा अधिकांस दौरा सुरुवाल लगाउने नेता हरु भ्रस्ट भए, दलाल भए । यीनी हरु संग देसको निकास र बिकास गर्ने नैतिक बल जीवित छैन । अब समग्र देसको गरिवी, विभेद, भ्रस्टाचार हटाउने महाभियानमा होमिनुस । नेपालि जनताको मन र मत जित्ने काम गर्नुस र सत्तामा गएर देस र जनताको हित हुने काम गर्नुस । सबै नेपालि नागरिक ले तपाइँ लाइ नायक मान्ने छन् ‘ । अहिले पनि यो अनुरोध गर्छु वहा लाइ । तर नेपाल सरकार संग भएको ११ बुदे सहमति पश्चात पनि शक्तिकेन्द्रको डिजाइनमा देस टुक्राउने अभियानमा अझै होमिनु भयो भने, यसले कसैको पनि हित गर्दैन । शक्तिकेन्द्र हरु को डिजाइन मधेसका दाजु भाइ को हित नभई भारत र चिनको तिब्र बिकासमा अवरोध गर्ने अस्थिरता निम्त्याउनु हो ।

७, अहिले भारतले नेपालमा बिखन्डनकारी शक्तिहरु लाइ साहनुभूति देखाइरहेको छ । तर उसले यो तथ्य बुझ्नु पर्छ कि भारत भित्र सयौ बिखण्डनकारी आवाज हरु छन् । कुनै सुसुप्त छन् कुनै बुलन्द । कश्मिर, पन्जाब लगायत क्षत्रमा आगो झोस्न पश्चिमी हरुलाइ धेरै समय लाग्दैन । तसर्थ पश्चिमीहरुको नेपाल टुक्राउने सड्यन्त्रको सिकार ढिलो चाडो भारत पनि हुन्छ भने तथ्य बुझेर भारतले अखण्ड नेपाल प्रति संबेदनशील हुन आवस्यक छ ।

८, जब सम्म नेपाल भित्र तराइ मधेसका दाजु भाइ लाइ भारतीय, धोति, बिहारी भन्ने मानसिकता जीवित रहन्छ । जब सम्म मजदुरी गर्ने हाम्रा तराइ मधेसका दाजुभाइ लाइ हेपिन्छ, कुटिञ्छ, जिस्काइञ्छ । जब सम्म उनि हरु लाइ पैसा नतिरी कुनै कुरा हेपेर खादा वा सामान लिदा गर्ब गरिन्छ । जब सम्म कालो अनुहार हुने बित्तिकै भारतीय भनिन्छ । जब सम्म नेपालि बोल्न नजान्ने वा प्रस्ट बोल्न नजान्ने लाइ नेपालि नै होइन भनिन्छ । जब सम्म राष्ट्रिय पोसाक भनेको दौरा सुरुवाल र ढाका टोपी मात्रै हो भनेर कथित रस्त्रबादी हरु कुर्लिन्छन । जब सम्म धर्म र परम्पराका आडमा विभेद र कु-प्रथा हरु लाइ कथित धर्मका ठेकेदारहरुले निरन्तरता दिन्छन । तब सम्म नागरिकले अपनत्व महसुस गर्दैनन् र सिके राउत जस्ता व्यक्ति को उदय हुन्छ, भइ रहने छ । नेपाल भित्र का असन्तुस्टीहरुलाइ आफ्नो हतियार को बजार बनाउने प्रयास शक्तिकेन्द्र हरु ले गरि रहने छन् ।